बिराटनगर किंग्सलाई बलियो बनाउन नेपाल आइपुगे मार्टिन गुप्टिल र शुभम रञ्जने
काठमाडौं । बिराटनगर किंग्सले आधिकारिक रूपमा दुई उच्च प्रोफाइल अन्तर्राष्ट्रिय क्रिकेटरहरू, न्यूजिल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान मार्टिन गुप्टिल र अमेरिकी–भारतीय अल-राउन्डर क्रिकेटर शुभम रञ्जनेलाई नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ सिजन २ का लागि स्वागत गरेका छन्।
ह्वाइट–बल क्रिकेटमा विश्वकै उत्कृष्ट ब्याट्सम्यानमध्ये एक गुप्टिल आफ्नो शक्तिशाली ब्याटिङ, विश्वस्तरीय अनुभव र शीर्षक्रममा प्रभावशाली नियन्त्रण कायम गर्ने क्षमताका लागि परिचित छन्।
एक दशकभन्दा लामो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा विश्वकपका धेरै संस्करणहरूमा सहभागिता जनाएका गुप्टिलको उपस्थितिले बिराटनगर किंग्सको ब्याटिङ लाइनअपलाई अझै बलियो र आत्मविश्वासी बनाएको बताइएको छ।

उनलाई साथ दिदै, सन् १९९४ मार्च २६ मा भारतको महाराष्ट्र, पुणेमा जन्मिएका शुभमले २०१६–१७ को रणजी ट्रफीमार्फत मुम्बईबाट पहिलो पटक प्रथम श्रेणी क्रिकेटमा डेब्यू गरेका थिए।
त्यसयता उनले महाराष्ट्र, मुम्बई, गोवा लगायतका घरेलु टोलीका साथै हालै मेजर लिग क्रिकेटको सिएटल ओरकाजबाट पनि प्रतिनिधित्व गरेका छन्।अन्तर्राष्ट्रिय टी–२० लिगहरूमा राम्रो अनुभव भएका उनले २०२५ मा ढाका क्यापिटल्सबाट समेत खेलेका थिए।
गुप्टिल र रञ्जनेले टोलीमा रहेका फाफ डु प्लेसिस, जर्ज मन्शी, साम हिजलेट लगायतका अन्तर्राष्ट्रिय स्टारहरूका साथै प्रतिभाशाली नेपाली खेलाडीहरूको बलियो टोलीसँग मिलेर खेल्नेछन्। उनीहरुको आगमनले यो सिजन उपाधि जित्ने किंग्सको लक्ष्य अझै स्पष्ट र दृढ बनाएको जनाइएको छ।
अनुभव र नेतृत्व दुवै लिएर आएका मार्टिन गुप्टिल र शुभम रञ्जने टोलीसँग मिसिएपछि बिराटनगर किंग्सले एनपीएल सिजन २ को आफ्नो शुरुवाती खेलबाटै प्रभावशाली खेल प्रदर्शन गर्ने तयारी गरेको बताइएको छ।
विराटनगर किंग्सका बारेमा :
विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्ने एक क्रिकेट फ्रेन्चाइज हो। स्थानीय प्रतिभालाई उजागर गर्ने, खेल–भावनालाई प्रवर्द्धन गर्ने र समर्थक तथा समुदायसँग जोडिने मुख्य उद्देश्यसहित, किंग्सले कोशी प्रदेशलाई गौरव दिलाउने लक्ष्य लिएको जनाइएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


