एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्र खेल हुने भएको छ। नेपाली क्रिकेटको प्रमुख घरेलु फ्रेन्चाइज प्रतियोगिता एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज मैदान उत्रिँदै छन्। खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ।
यो सिजनमा लुम्बिनी लायन्सको पहिलो खेल आज नै हुन लाग्दा चितवन राइनोज भने यसअघि खेलेको आफ्नो पहिलो खेलमा विजयी बनेको थियो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै शानदार सुरुआत गरेको हो।
लुम्बिनी लायन्स यो सिजन पनि रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। टोलीमा सन्दीप जोरा, विवेक यादवलगायतका राष्ट्रिय खेलाडी समावेश छन्। साथै थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडीले लुम्बिनीलाई मजबुत बनाएका छन्।
उता, कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाललगायतका राष्ट्रिय खेलाडीको उपस्थिति छ। विदेशी खेलाडीको रूपमा रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी रहेका छन्।
आजको खेलले लुम्बिनीको सुरुआत कस्तो हुने हो भन्ने संकेत गर्नेछ भने लगातार दोस्रो जितका लागि चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निरन्तरता खोज्नेछ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

