एनपीएलमा आज लुम्बिनी र चितवन भिड्दै
काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज एक मात्र खेल हुने भएको छ। नेपाली क्रिकेटको प्रमुख घरेलु फ्रेन्चाइज प्रतियोगिता एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज मैदान उत्रिँदै छन्। खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सुरु हुनेछ।
यो सिजनमा लुम्बिनी लायन्सको पहिलो खेल आज नै हुन लाग्दा चितवन राइनोज भने यसअघि खेलेको आफ्नो पहिलो खेलमा विजयी बनेको थियो। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै शानदार सुरुआत गरेको हो।
लुम्बिनी लायन्स यो सिजन पनि रोहित कुमार पौडेलको कप्तानीमा मैदान उत्रिँदैछ। टोलीमा सन्दीप जोरा, विवेक यादवलगायतका राष्ट्रिय खेलाडी समावेश छन्। साथै थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडीले लुम्बिनीलाई मजबुत बनाएका छन्।
उता, कुशल मल्लको नेतृत्वमा रहेको चितवन राइनोजमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाललगायतका राष्ट्रिय खेलाडीको उपस्थिति छ। विदेशी खेलाडीको रूपमा रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी रहेका छन्।
आजको खेलले लुम्बिनीको सुरुआत कस्तो हुने हो भन्ने संकेत गर्नेछ भने लगातार दोस्रो जितका लागि चितवनले उत्कृष्ट प्रदर्शन गर्दै निरन्तरता खोज्नेछ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

