रवि र छविको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं । सुप्रिम सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै दिएको रिट निवेदनको आजको सुनुवाइ स्थगित भएको छ।
बुटवलको अदालतमा आज लामिछाने र सहआरोपी छविलाल जोशीको मुद्दामा पेसी तोकिएको थियो। तर, लामिछानेको मुद्दा पाटन उच्च अदालतमा पनि परेको र सुनुवाइ गर्नुपर्ने भएकाले स्थगित गरिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।
लामिछानेले सुप्रिम सहकारी ठगीमा आफ्नो भागको बिगो दाखिला गरिसके पनि जिल्ला अदालतले उनलाई रिहा नगरेपछि उच्च अदालतमा निवेदन दर्ता गरेका थिए। यस मुद्दामा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो तोकिएको थियो। लामिछानेले आफ्नो हिस्सा बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ पेस गरेका छन्। जोशीले पनि त्यही रकम जमानत दिएका थिए।
हाल लामिछाने ललितपुर नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा छन्।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

