मेष राशि –
मेहनतले नयाँ काम र जिम्मेवारी दिलाउनेछ । परोपकारमा मन जाला। अधुरा काम बन्ने र नयाँ काम पाइनेछ। प्रेममा सफलता मिल्ने समय छ। आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ।
वृष राशि –
बोलीको प्रभाव बढ्नुका साथै मानसम्मान समेत पाइनेछ । आर्थिक समुन्नतिको योग छ। अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला। रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।
मिथुन राशि –
खर्च बढ्ने, झमेलामा परिने र छिमेकीसँग विवाद बढ्ने सम्भावना छ, सजग रहनुहोला । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ।
कर्कट राशि –
धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । आटेगरेका काम पुरा भइ धनको लाभ हुन सक्छ । अरुले आदर गर्नेछन् । मान सम्मान मिले पनि मनमा डर रहने छ । उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला।
सिंह राशि –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभमिल्ने योग छ। दिन सुखमय बित्ने देखिन्छ । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला।
कन्या राशि –
पढाइ लेखाइमा रुची बढ्नेछ, आफ्ना सहयोगी र सेवक वर्गबाट सहायता मिल्नेछ । समय मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। सहयोगीहरूबाट उचित सहयोग पाइनेछ, पारिवारिक असमझदारी र बन्धुबान्धब संग मनमुटाव पनि होला।
तुला राशि –
पारिवारिक समस्याले पिरोलेता पनि बिस्तारै समाधान तिर उन्मुख हुनेछ । अनावस्यक झमेलामा परिएला। आज केही हानि हुन सक्छ सावधान रहनु होला। केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ।
वृश्चिक राशि –
सहासिक र कठिन काममा सक्रियता बढ्नेछ, पुराना साथिसंगी संग भेटघाट गर्ने अबसर जुट्ला । रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ। यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ।
धनु राशि –
विभिन्न भौतिक साधन जुटुनुका साथै व्यावसायमा राम्रो फाइदा उठाउन सकिनेछ । आयआर्जनमा राम्रो दिन छ। केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।
मकर राशि –
स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । घरेलु समस्या ले सताउने हुदा काममा अवरोध आउनेछ । बौद्धिक कार्यबाट धनलाभ हुनेछ। प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन । मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।
कुम्भ राशि –
सुखसुविधा र विलासिताका साथमा समय बित्नेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । मानसिक तनावले परिवारमा नकारात्मक सोच र मनमुटाव श्रृजना गर्नेछ। सावधान रहनु होला। लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला।
मीन राशि –
दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ । पढाइलेखाइमा प्रगति हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ सावधान रहनु होला।
-ज्यो.पं. तुलसी भारद्वाज







