एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एक महत्वपूर्ण खेल हुँदैछ। टियु क्रिकेट मैदानमा दिउँसो ४ बजेदेखि पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
जारी प्रतियोगितामा दुवै टिमले एक–एक खेल खेलिसकेको छ। पोखरा एभेन्जर्स आफ्नो पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो भने सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई हराउँदै शानदार सुरुवात गरेको छ।
कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्दलगायत राष्ट्रिय टिमका खेलाडी छन्। त्यस्तै टिममा डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता स्टार विदेशी खेलाडीको उपस्थितिले टिम बलियो देखिन्छ।
उता, दिपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम रोयल्स पनि समान रूपमा सशक्त देखिन्छ। टिममा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारीलगायत राष्ट्रिय खेलाडी तथा जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडी छन्।
आजको सामना दुवै टिमका लागि महत्वपूर्ण मानिएको छ, विशेष रूपमा पोखरा एभेन्जर्स हार पश्चात् जितको खोजीमा हुनेछ भने सुदूरपश्चिम रोयल्स लगातार दोस्रो जितको लक्ष्यमा मैदान उत्रिनेछ।
सम्बन्धित समाचार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर
भक्तपुरमा भेस्पा र अप्रिलियाको आधुनिक सुविधासहित नयाँ शोरुम सञ्चालनमा
पोखरामा एसएमएल महिन्द्राको निःशुल्क सर्भिस क्याम्प, बिक्रीपछिको सेवामा जोड
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

