Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामदर्ताको आज अन्तिम दिन

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, मंसिर, ६
प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामदर्ताको आज अन्तिम दिन

काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने मंसिर ५ गते अन्तिम दिन भएको छ।

यसअघि कात्तिक मसान्तसम्म मात्र दर्ता अवधि तोकिएको थियो। तर मतदाता दर्ता बढेको चापका कारण प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निर्वाचन आयोगले समयसीमा पाँच दिन थपेको हो।

दर्ताका लागि कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरूलाई अनलाइनमार्फतै नाम दर्ता हुने व्यवस्था मिलाएको छ।

राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिहरूले परिचयपत्र बनाउँदा गरिएको बायोमेट्रिककै आधारमा दर्ता हुने भएकाले निर्वाचन कार्यालय धाउन नपर्ने, परिचयपत्र नबनाएका व्यक्तिहरूले भने आफूले रोजेको जिल्ला निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक दर्ता गराउनुपर्ने व्यवस्था छ । मतदाता नामावली दर्ताका क्रममा त्रुटि परेमा मंसिर २१ देखि २७ गतेसम्म सच्याउन सकिनेछ।

त्यस्तै, झुटा विवरण दिएकाहरू, एक व्यक्तिको नाम दुईभन्दा बढी ठाउँमा परेको, मृत्यु भइसकेको वा नागरिकता त्यागेको व्यक्तिको नाम हटाउन पनि निवेदन वा उजुरी दिन सकिने आयोगले जनाएको छ।

सबै उजुरी तथा छानबिन प्रक्रिया पूरा गरी पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र वडा कार्यालयमा प्रकाशित गरिने आयोगले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स