प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामदर्ताको आज अन्तिम दिन
काठमाडौं । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउने मंसिर ५ गते अन्तिम दिन भएको छ।
यसअघि कात्तिक मसान्तसम्म मात्र दर्ता अवधि तोकिएको थियो। तर मतदाता दर्ता बढेको चापका कारण प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि निर्वाचन आयोगले समयसीमा पाँच दिन थपेको हो।
दर्ताका लागि कार्यालयहरूमा भीड बढेपछि आयोगले राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरूलाई अनलाइनमार्फतै नाम दर्ता हुने व्यवस्था मिलाएको छ।
राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिहरूले परिचयपत्र बनाउँदा गरिएको बायोमेट्रिककै आधारमा दर्ता हुने भएकाले निर्वाचन कार्यालय धाउन नपर्ने, परिचयपत्र नबनाएका व्यक्तिहरूले भने आफूले रोजेको जिल्ला निर्वाचन कार्यालयमा गएर बायोमेट्रिक दर्ता गराउनुपर्ने व्यवस्था छ । मतदाता नामावली दर्ताका क्रममा त्रुटि परेमा मंसिर २१ देखि २७ गतेसम्म सच्याउन सकिनेछ।
त्यस्तै, झुटा विवरण दिएकाहरू, एक व्यक्तिको नाम दुईभन्दा बढी ठाउँमा परेको, मृत्यु भइसकेको वा नागरिकता त्यागेको व्यक्तिको नाम हटाउन पनि निवेदन वा उजुरी दिन सकिने आयोगले जनाएको छ।
सबै उजुरी तथा छानबिन प्रक्रिया पूरा गरी पुस १५ गते अन्तिम मतदाता नामावली सम्बन्धित जिल्ला निर्वाचन कार्यालय र वडा कार्यालयमा प्रकाशित गरिने आयोगले जनाएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
