आज एनपीएलमा दुई खेल हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई रोचक खेल हुँदैछन्। पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच बिहान ११:१५ बजेबाट सुरु हुनेछ। जारी लिगमा लुम्बिनीले आफ्नो पहिलो खेल जितेको छ भने कर्णाली याक्स भने पहिलो खेलमै पराजित भएको थियो।
लुम्बिनी लायन्स रोहित कुमार पौडेलको कप्तानीमा खेल्दैछ। टोलीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी साथै थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता अन्तर्राष्ट्रिय खेलाडी रहेका छन्।
त्यस्तै, कर्णाली याक्स सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ। टोलीमा गुलशन झा, नन्दन यादव, पवन सराफ जस्ता राष्ट्रिय खेलाडीसमेत छन्। विदेशी खेलाडीमा जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल, मार्क वाट र नाजिबउल्लाह जद्रान खेल्नेछन्।
आजको दोस्रो खेल काठमाडौँ गोर्खाज र विराटनगर किङ्सबीच दिउँसो ३:३० बजेबाट हुनेछ। काठमाडौँ गोर्खाजले यसअघि २ खेलमा एक जित र एक हार हात पारेको छ भने विराटनगरले आफ्नो पहिलो खेलमै जीत हासिल गरेको थियो।
काठमाडौँ गोर्खाज कर्ण केसीको कप्तानीमा खेल्दैछ। टोलीमा भीम सार्की, शाहब अलाम, मोहमद आदिल आलम जस्ता राष्ट्रिय खेलाडी तथा मार्वे गेरार्ड इरासमस, जोन एन्ड्र्यु सिम्पसन र मिलिन्द कुमार जस्ता विदेशी खेलाडी छन्।
विराटनगर किङ्स सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रिनेछ। टोलीमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने विदेशी खेलाडीमा जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस र साम्युएल डाली हीजलेट रहेका छन्।
आजका दुवै खेलले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


