• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, मङि्सर १०, २०८२
मङ्गलबार, मङि्सर १०, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आकर्षक लाभसहितको विशेष योजना सहित आयन द्वारा ‘द एक्स्ट्राअडिनरी चेन्ज अफर’ सार्वजनिक

दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल : अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ

सीजी मोटर्सद्वारा ‘एक्सपेङ एक्सपेरियन्स अपग्रेड टु एक्सिलेन्स’ : विशेष एक्सचेन्ज अफर सार्वजनिक

नेपाल एसबिआई बैंकले गर्‍यो लाभांश घोषणा

लक्ष्मी ई–मोबिलिटीद्वारा पोखरामा केई र फोर्थिङ शो–रुमको उद्घाटन

सिटिजन्स बैंकद्वारा नवयुवा लक्षित “सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट” सञ्चालनमा

आज विवाह पञ्चमी, जनकपुरधाममा भव्य सीता–राम विवाह महोत्सव

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

  • ५. २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. जाडोमा उच्च रक्तचापबाट यसरी बच्न सकिन्छ

  • ७. हिमपात र शीतलहरबाट बच्न पहिलोपटक सरकारी कार्ययोजना सार्वजनिक

  • ८. २०८२ साल मंसिर ०९ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ९. दूतावासद्वारा थाइल्याण्डमा ३७ जना नेपालीहरूको उद्धार

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज विवाह पञ्चमी, जनकपुरधाममा भव्य सीता–राम विवाह महोत्सव

काठमाडौं । त्रेतायुगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी पर्व धुमधामका साथ मनाइँदैछ। राम–सीताको पूजा–आराधना, भजन–कीर्तन र विशेष धार्मिक अनुष्ठानसहित भक्तजनले यो पर्व श्रद्धापूर्वक मनाइरहेका छन्।

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज भगवान् राम र सीताको विवाह महोत्सव विधिपूर्वक सम्पन्न हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार मिथिलावासीले यो दिनलाई विशेष पर्वका रूपमा मनाउँदै आएका छन्।

रामायणका अनुसार, मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरमा राखिएको शिवधनुष उचालेर रामले तीन टुक्रा पारेपछि मार्गशीर्ष शुक्ल पञ्चमीकै दिन उनीहरूको विवाह सम्पन्न भएको उल्लेख छ। स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास रहँदै आएको छ।

महोत्सवमा मिथिलाको सांस्कृतिक परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ। राम मन्दिरबाट बाजागाजा, झाँकी र विशेष रूपमा सुसज्जित डोला सिंहासनमा रामको प्रतिमा राखी रङ्गभूमितर्फ लगिन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई डोलामा राखी स्वयंवर स्थलमा पुर्‍याइन्छ।

रङ्गभूमिमा वैदिक विधिअनुसार स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएपछि सीता–रामलाई पुनः जानकी मन्दिरमा ल्याइन्छ। विशेष शोभायात्रामा मिथिलाका विभिन्न ठाउँका साथै सीमावर्ती भारतीय क्षेत्रबाट आएका भक्तजनको ठूलो सहभागिता हुने गर्दछ।

वर–बधू पक्षबीच हुने हाँसो–ठट्टा, गाउँ–गाउँबाट ल्याइने प्रतीकात्मक झाँकी तथा लाखौँ श्रद्धालुको उत्साहले जनकपुरधाममा वास्तविक विवाहको वातावरण झल्किने गर्दछ। विगतमा तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित आयोजना हुँदै आएको छ।

भक्तजन आज बिहानैदेखि पवित्र सरोवर तथा नदीमा स्नान गरी पूजाअर्चना गरिरहेका छन्। भजन–कीर्तन, रामलीला, झाँकी र प्रवचनजस्ता धार्मिक कार्यक्रम पनि आयोजना भइरहेका छन्। देवताको मानवीयकरणसँग सम्बन्धित यो पर्वमा सहभागी भए मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने विश्वास छ।

पहिले एक महिनासम्म भव्य रूपमा मनाइने महोत्सव अहिले चार दिन मात्र मनाउने गरिएको छ। देशभरका राम–सीता मन्दिरहरूमा पनि विशेष पूजा–आराधना र सांस्कृतिक कार्यक्रमसहित विवाह पञ्चमी मनाइँदैछ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    आकर्षक लाभसहितको विशेष योजना सहित आयन द्वारा ‘द एक्स्ट्राअडिनरी चेन्ज अफर’ सार्वजनिक
    दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

    लोकप्रिय

    २०८२ साल मंसिर ०५ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर ६ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर ०४ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

    २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आकर्षक लाभसहितको विशेष योजना सहित आयन द्वारा ‘द एक्स्ट्राअडिनरी चेन्ज अफर’ सार्वजनिक

    दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च

    ‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल : अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर १० गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • आकर्षक लाभसहितको विशेष योजना सहित आयन द्वारा ‘द एक्स्ट्राअडिनरी चेन्ज अफर’ सार्वजनिक
    • दिपल एस०७ आईसीएमा ‘बाइब्याक ग्यारेन्टी’, ५ वर्षसम्म शून्य खर्च
    • ‘परान’ अन्तर्राष्ट्रिय बजारमा पनि सफल : अष्ट्रेलियामा मात्रै ६० लाखमाथि कमाइ
    • सीजी मोटर्सद्वारा ‘एक्सपेङ एक्सपेरियन्स अपग्रेड टु एक्सिलेन्स’ : विशेष एक्सचेन्ज अफर सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.