सुदनले आज रवि लामिछानेसँग भेट्ने
जानकारी केन्द्र
२०८२, मंसिर, १९
काठमाडौं । हामी नेपालीका संयोजक सुदन गुरूङ रास्वपाका सभापति रवि लामिछाने भेट्न नख्खु कारागार जाने भएका छन् । यसअघि आफूले काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उर्जामन्त्री कुलमान घिसिङको एकतापछि आज एकता सम्वादको लागि लामिछानेसँग भेट गर्न लागेको जनाए ।
उनले फेशबुकमा लेखेका छन्–‘बालेन र कुलमानको एकता पछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवी लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’ यसअघि कुलमानले बालेनसँग भेट गरेको तस्विर सार्वजनिक गरिसकेका छन् ।
उनले देश विकासको लागि आफूहरु साथमै रहेको सन्देश प्रवाह गरेका थिए । हिजोमात्रै कुलमानले आफ्नो संरक्षणमा खुलेको पार्टी उज्यालो नेपाल पार्टीको घोषणासभामा सम्बोधन गरेर अब देशको नै नेतृत्व लिने घोषणा गरिसकेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
