Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

एनपीएल लिगको अन्तिम खेल आज : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, २२
एनपीएल लिगको अन्तिम खेल आज : कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ। खेल दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ।

दुवै टोली यस सिजनको प्लेअफ दौडबाट बाहिरिसकेकाले आजको खेलले समग्र लिग तालिकामा कुनै प्रभाव पार्नेछैन। कर्णाली र जनकपुरले यसअघिका ६–६ खेलमध्ये १–१ खेलमा मात्र जित दर्ज गरेका छन् भने ५–५ खेलमा हार बेहोर्नुपरेको छ। कर्णालीले आफ्नो एक मात्र जित लुम्बिनी लायन्सविरुद्ध हासिल गरेको थियो भने जनकपुरले चितवन राइनोजलाई पराजित गरेको थियो।

आजको खेल दुवै टोलीका लागि सम्मानजनक विदाइको अवसरका रूपमा हेरिएको छ। योसँगै कर्णाली याक्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र पोखरा एभेन्जर्स प्लेअफ दौडबाट बाहिरिएका छन्।

प्लेअफमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स प्रवेश गरिसकेका छन्।

Top Changing Nepal

युट्युब सट्स