• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

डिशहोमले ल्यायो ‘खुशी’ एआई

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले निरन्तर नयाँ प्रविधिको प्रयोग गर्दै नेपालमै दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक गरेको छ। ग्राहकलाई डिजिटल प्रविधिसँग अझ नजिक ल्याउने उद्देश्यले डिशहोमले केही समय अघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गरेको थियो। सो कार्ड मार्फत् डिशहोमका ग्राहकले होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा प्राप्त गर्दै आएका छन्।

त्यसपछि डिशहोमले नेपाल प्रिमियर लिग २०२५ लाई आफ्नै ‘डिशहोम गो’ नामक ओटीटी प्लेटफर्ममार्फत प्रत्यक्ष प्रसारण गरी उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शकलाई एकै पटक खेल देखाउन सफल भएको थियो। एनपीएल खेलको प्रत्यक्ष प्रसारण हालसम्म पनि डिशहोम गो ले गरिरहेकै छ। यही निरन्तर नवप्रवर्तनको यात्रालाई थप उचाइमा पुर्याउने उद्देश्यले डिश होम–एआई ‘खुशी’ सार्वजनिक गरिएको जनाएको छ। यसलाई भोइस–एआई प्रविधिमा डिशहोमको ठूलो कदमको रूपमा हेरिएको छ।

डिशहोमले स्थानीय सन्दर्भ र उपयोगितालाई आधार मानेर एआई सेवा विकास तथा विस्तार गर्ने स्पष्ट रणनीति अपनाएको छ र यही उद्देश्यका लागि डिशहोमले आफ्नो रणनितिका साझेदारसँग सहकार्य गरेको छ। डिशहोमका लागि एआईको प्रयोगक्षेत्रमा विशेष रूपमा सेवा निष्क्रिय भएका ग्राहकलाई नेपाली भाषामा मानव–जस्तै आवाजमा निरन्तर संवादमार्फत पुनःनवीकरणका लागि सम्पर्क गर्ने, सम्बन्धित अफरहरू प्रस्तुत गर्ने तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव सङ्कलन गरी ग्राहक सेवा केन्द्र समुह सम्म पुर्‍याउने समावेश हुनेछ।

कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयारी गर्ने क्षमता समेत एआईमा उपलब्ध हुनेछ। समय–समयमा नेटवर्कमा प्राविधिक समस्याले गर्दा सेवा अवरुद्ध हुने अवस्थामा एआई प्रणाली डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकले ग्राहक सेवा केन्द्रमा कल गर्दा अवरोधको कारण, अनुमानित समाधान समय, तथा प्रगति विवरण प्रदान गर्न सक्षम हुनेछ। आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान विवरण प्रमाणीकरण गर्ने, सही विवरण सङ्कलन गरी स्वचालित रूपमा ग्राहक डेटाबेसमा अद्यावधिक गर्ने सुविधा शुरु गर्नेछ। जडान तथा प्राविधिक मर्मतसम्बन्धी समय व्यवस्थापनमा पनि यो एआईको प्रयोग गरिने डिशहोमले जनाएको छ।

यो एआईले ग्राहकसँग सम्पर्क गरी उपयुक्त समय माग्ने, व्यस्ततालाई ध्यानमा राख्दै समय पुनःसमायोजन गर्ने तथा सेवा गुणस्तरलाई सधैं समान र समयबद्ध बनाइ राख्ने डिशहोमले उल्लेख गरेको छ। साथै मेसेंजर र वेबच्याटमार्फत प्रदान हुँदै आएको सामान्य जानकारीका लागि प्रयोग हुने च्याटबोटमा समेत यो एआईलाई समावेश गरिने र आगामी चरणमा व्हाट्सएप र भाइबरमा विस्तार गरिने योजना रहेको बताएको छ।

एआई ‘खुशी’ को प्रभावकारी उपयोग नेपाली भाषामा आधारित संवादात्मक एआई प्रणालीको स्तर, दायरा र सुधारमा निर्भर छ भन्ने कुरालाई आत्मसाथ गरी एआई प्रविधिको प्रगति र व्यवसायिक प्रयोगलाई सुदृढ बनाउन डिशहोमले अन्तर्राष्ट्रिय एआई अनुसन्धान तथा विकास संस्थासँग सहकार्य गर्दै नेपाली भाषाको संवाद क्षमता अभिवृद्धिका लागि दीर्घकालीन परियोजनामा सहाकार्यका लागी तयारी गर्दैछ।

डिशहोमले विगतदेखि वर्तमानसम्म सञ्चालित आफ्नो विशाल डेटाबेसलाई परिक्षणको क्रममा अनुसन्धान तथा प्रशिक्षणका लागि उपलब्ध गराउन सकिने डिशहोमका प्रवक्ताले बताएका छन्। डिशहोमले नेपालमा एआई प्रविधिको व्यावसायिक उपयोगमा नयाँ मापदण्ड स्थापित गर्ने र ‘खुशी’ को आगमनसँगै ग्राहक सेवामा अधिक डिजिटल, छरितो, मानवीय–शैलीअनुकूल एआईमा आधारित प्रविधिको विकाशको दिशामा दृढतापूर्वक अघि बढेको जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन
    • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.