Jankari Kendra
१० आश्विन २०८३, शनिबार
Worldlink

नेपाल राष्ट्र बैंकले ७६ जना नयाँ कर्मचारी माग्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, २५
नेपाल राष्ट्र बैंकले ७६ जना नयाँ कर्मचारी माग्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि एकैपटक ७६ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। तृतीय श्रेणीका अधिकृतदेखि द्वितीय श्रेणीका सहायक पदसम्मका लागि आवेदन खुला गरिएको बैंकले जनाएको छ।

बैंकले सहायक निर्देशक (अर्थशास्त्र) र सहायक निर्देशक (व्यवस्थापन) पदमा १/१ जना, सहायक निर्देशक पदमान ३९ जना, सहायक निर्देशक (लेखारलेखापरीक्षण) १० जना, सहायक निर्देशक (वाणिज्य कानून) ४ जना र सहायक पदमा २१ जना माग गरिएको छ।

इच्छुक तथा योग्यता पूरा भएका उम्मेदवारले पुस १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। साथै तोकिएको शुल्कको दोब्बर दस्तूर तिरेर पुस १७ गतेसम्म दरखास्त दिन सकिने बैंकले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स