नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन
जानकारी केन्द्र
२०८२, पुष, ६
काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। आइतबार बिहान करिब ६:३० बजे मुख्य गेटतर्फको भवनको पाँचौँ तलाबाट खसेर सप्तरी राजविराज–९ जगदरी घर भएका ३४ वर्षीय अमित यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
टाउकोमा गम्भीर चोट लागेपछि उनलाई सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापकले जानकारी दिए।
यादव सोही मेडिकल कलेजका एमबीबीएस इन्टर्न डाक्टर हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


