टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
काठमाडौं । आगामी माघ २५ गतेदेखि फागुन २४ गतेसम्म भारत र श्रीलंकामा आयोजना हुने आइसीसी टी–२० विश्वकपका लागि नेपालले आजदेखि तयारी शुरू गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान) ले यसअघि राष्ट्रिय टोलीमा रहेका खेलाडी सहित अन्यलाई थप्दै २४ जनालाई प्रशिक्षणमा बोलाएको छ ।
१० दिनअघि सकिएको नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को प्रदर्शनका आधारमा पनि खेलाडीलाई प्रशिक्षणमा बोलाइएको क्यानले जनाएको छ । रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, लोकेस बम, आरिफ सेख, आदील अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, विनोद भण्डारी, भीम सार्की, इशान पाण्डे, बसिर अहमद, प्रतिश जी सी, अविनाश बोहोरा, प्रतिष जीसी र रुपेश कुमार सिंह प्रशिक्षण क्याम्पमा परेका छन् ।
नेपालले भारतको मुम्बईमा आफ्नो समूह चरणका सबै खेल खेल्नेछ । नेपाल समूह सी मा इङ्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश, इटालीसँग रहेको छ । नेपालले माघ २५ गते इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गर्नेछ ।

सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

