गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो : सुदन गुरुङ
जानकारी केन्द्र
२०८२, माघ, १३
काठमाडौं । जेन-जी अभियन्ता सुदन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई जेनजी आन्दोलनमा पहिला गोली चलेको र त्यसपछि मात्र सिंहदरबार जलेको जबाफ दिएका छन्।
हिजो भाबी प्रधानमन्त्रीहरूको सार्वजनिक बहस कार्यक्रम गर्न अनुरोध गर्दै ओलीले आफू बहस गर्न तयार रहेको तर सिंहदरबार जलाउनेहरू पनि बहस गर्न तयार रहनुपर्ने बताएका थिए। ओलीले घुमाउरोतवरले रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै सिंहदरबार जलाउने भनेका थिए।
त्यसको जबाफ स्वरूप सुदनले पहिले गोली चलेको र त्यसपछि मात्र सिंहदरबार जलेको जबाफ फर्काएका हुन्। सुदनले बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो समेत भनेका छन्।
उनले लेखेका छन्,
गोली पहिला चलेको हो,
त्यसपछि सिंहदरबार जलेको हो।
बच्चाहरू सुरुमा ढलेका हो,
त्यसपछि मात्र संरचना बलेको हो।
स्मरण रहोस्।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

