• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
                     
                        मङ्गलबार, माघ १४, २०८२
मङ्गलबार, माघ १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ लाख १३ हजार कर्मचारी परिचालन गरिने

अभिनेता, निर्देशक तथा लेखक अर्पण थापाले रोजे ‘एक्स्ट्राअर्डिनेरी’ आयन भी

गरिमा विकास बैंक र चार्टर्ड एकाउण्टेण्ट्स संघबीच आकर्षक ब्याजदरमा कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

  • ६. सरस्वती पुजाको दिन के गर्ने, के नगर्ने ? आउनुहोस् जानौं

  • ७. अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा १७ औँ वर्षमा प्रवेश : थपिए यस्ता सुबिधा

  • ८. एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

  • ९. नेप्से आज घट्यो कि बढ्यो ?

  • १०. अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ खिच्ने

प्रतिनिधिसभा निर्वाचनका लागि करिब २ लाख १३ हजार कर्मचारी परिचालन गरिने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचन आयोगले देशभर करिब २ लाख १३ हजार कर्मचारी परिचालन गर्ने तयारी गरेको छ । आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रअन्तर्गत रहेका २३ हजार ११२ मतदान केन्द्रमा निर्वाचन सञ्चालन गर्न आवश्यक जनशक्ति व्यवस्थापनको काम अघि बढाइसकिएको छ ।

यसका लागि केन्द्रीय कार्यालयसहित ७७ मुख्य निर्वाचन अधिकृत कार्यालय, ८८ निर्वाचन अधिकृत कार्यालय, ७० जिल्ला निर्वाचन कार्यालय तथा ७ प्रदेश निर्वाचन कार्यालयमार्फत कर्मचारी परिचालन गरिनेछ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला न्यायाधीशले गर्ने व्यवस्था छ । त्यस्तै, निर्वाचन अधिकृत कार्यालयमा न्याय सेवाका उपसचिवसरह, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह तथा प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहका कर्मचारीले नेतृत्व गर्नेछन् ।

मतदाता संख्याका आधारमा मतदान केन्द्रमा खटाइने कर्मचारी संख्या तोकिएको आयोगले जनाएको छ । ५०० सम्म मतदाता रहेका मतदान केन्द्रमा ८ जना र ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा ९ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । अस्थायी मतदान केन्द्रमा भने ५ जना कर्मचारी खटाइनेछन् ।

नियमित दरबन्दीबाट कर्मचारी अपुग भएमा संघ, प्रदेश र स्थानीय तहका कर्मचारी प्रयोग गरिने आयोगले जनाएको छ । आवश्यक परे शिक्षकसमेत निर्वाचन कार्यमा खटाइनेछन् । मतदान केन्द्रमा खटिने कर्मचारीहरू फागुन महिनामा निर्वाचन नजिकिँदै जाँदा परिचालन गरिनेछन् ।

निर्वाचनमा खटिने कर्मचारीका लागि भत्ता, अतिरिक्त कामको सुविधा तथा बीमाको व्यवस्था गरिएको छ । मतदान अधिकृतलाई दैनिक २ हजार ५०० रुपैयाँ, सहायक मतदान अधिकृतलाई २ हजार रुपैयाँ, सहायक कर्मचारीलाई १ हजार ६०० रुपैयाँ तथा सहयोगी कर्मचारी र स्वयंसेवकलाई जनही १ हजार २०० रुपैयाँ भत्ता उपलब्ध गराइनेछ । साथै, निर्वाचनमा खटिने सबै कर्मचारीलाई जनही २० लाख रुपैयाँ बराबरको बीमा सुविधा प्रदान गरिने आयोगले जनाएको छ ।

निर्वाचन व्यवस्थापनका चालू खर्चअन्तर्गत विभिन्न ४८ शीर्षकमा कुल ६ अर्ब ६८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको आयोगले जानकारी दिएको छ । यी सबै व्यवस्था प्रतिनिधिसभा सदस्य निर्वाचन सञ्चालन ९आर्थिक व्यवस्थापन० कार्यविधि, २०८२ अनुसार गरिएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
    नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक
    आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

    लोकप्रिय

    २०८२ साल माघ १० गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ माघ ०९ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल माघ ११ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल माघ ०८ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम, एकैदिन तोलामा १० हजार ४०० रुपैयाँले वृद्धि

    ताजा

    २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

    अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित

    नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक

    आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    Follow Us

    Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

    हालैका पोस्टहरू

    • २०८२ साल माघ १४ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
    • अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा रसुवा भन्सार कार्यालयद्वारा सीजी मोटर्स सम्मानित
    • नेपाल टेलिकमको ‘विन्टर अफर’ सार्वजनिक
    • आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड
    • डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु “डेभिल्स खाउँ,मुम्बई जाउँ” अभियान सार्वजनिक

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.