रेडम्याजिक ११ एयर चीनमा सार्वजनिक, यस्ता छन् फिचर
काठमाडौं । रेडम्याजिकले आधिकारीक रुपमा चीनमा रेडम्याजिक ११ एयर औपचारिक रुपमा सार्वजनिक गरेको छ । अघिल्लो मोडेलको तुलनामा शक्तिशाली प्रदर्शन र नवीन फिचरहरुका साथ उल्लेखनीय अपग्रेड प्रदान गरेको छ ।
यस रेडम्याजिक ११ एयर मोबाइलमा ६.८५ इन्चको एमलोड डिस्प्ले रहेको छ । उक्त्त डिस्प्लेमा १२१७ × २६८८ पिक्सेल रिजोल्युसन र १४४ हर्ज रिफ्रेस दर रहेको छ ।
उक्त्त फोनमा क्यामराको कुरा गर्नुपर्दा ५० एमपी मेन क्यामरामा अप्टिकल इमेज स्टेबिलाइजेसन समावेश गरिएको छ । अन्डर– डिस्प्लेमा १६ एम्पी फ्रन्ट क्यामरा पनि रहेको छ ।
रेडम्याजिक ११ को डिजाइन ७.८५ एमएम थिस्कनेस र २०७ ग्राम आरजीबि कुलिनफेन र आइपी ५४ रेटिङ रहेको छ भने रेडम्याजिक ११ एयर मोबाइलमा फोनमा चिपसेट स्न्यापड्रागन ८ एलिटर (३एनएम) पाउन सकिन्छ ।

यो स्मार्टफोनमा सेक्युरिटीको कुरा गर्दा अप्टिकल–अन्डर डिस्प्ले ,फिङ्गरप्रिन्ट र स्कानर रहेका छन् भने ५२० हर्ज शोल्डर ,ट्रिगर जी–सेन्सर,ज्यागो, कम्पास सेन्सर रहेका छन् ।
रेडम्याजिक फोनको सबैभन्दा आकर्षक भनेको यसको ब्याट्री हो,जुन ७ हजार मेर्गाहजको रहेको छ । हालसम्म एयर सिरिजकै सबैभन्दा ठुलो ब्याट्री रेडम्याजिक ११ एयरमा पाउन सकिन्छ । १२० वाटको फास्ट र्चाजिङ्गले यो फोन कम समयमा नै चार्ज गर्न सकिन्छ ।
रेडम्याजिक फोनमा ५ जी ,वाईफाई ७,ब्लुटुथ ५.४ ,युएसबि टाईपसी जस्ता आधुनिक कनेक्टिभिटीहरु उपलब्ध छन् ।
रेडम्याजिक ११ एयरमा मेमोरीको कुरा गर्नुपर्दा १२ जीबि/१६ जीबि एलपिडिडिआर र्याम ,२५६ जीबि/५१२ जीबि युएफएस ४.१ स्टोरेज रहेको छ।

उक्त्त मोबाइल फोनको मुल्य नेपाली बजारमा १२ जीबि र्याम/२५६ जीबि स्टोरेज भएको फोनको मुल्य ८२ हजार र १६ जीबि र्याम/५१२ जीबि स्टोरेज भएको फोनको मुल्य ९८ हजार ५ सय हाराहारी पर्नसक्ने अनुमान गरिएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


