निर्वाचनका लागि ३१ दिन बाँकी : ३० लाख मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ सकिएको छ।
आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइ कार्य नियमित रूपमा भइरहेको जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र भने यसअघि नै छपाइ भइसकेको आयोगले जानकारी दिएको छ।
त्यसैगरी मतदाता शिक्षाका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्रको छपाइ पनि सम्पन्न भइसकेको छ। यसैबीच निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरेको छ। ती सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स (ट्विटर), टिकटक तथा युट्युबमार्फत सार्वजनिक गरिएका छन्।
आयोगका अनुसार मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालालाई लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता अभिवृद्धि गर्ने, नागरिकलाई आधिकारिक र विश्वासनीय सूचना उपलब्ध गराउने तथा मिथ्या एवं भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

