अभिनेताद्वय अनुप विक्रम शाही र प्रदिप खड्काको रोजाइमा दिपल एस०७
काठमाडौं । नेपालका चर्चित कलाकार अनुप विक्रम शाही र प्रदिप खड्काले डिजाइन र प्रविधिका कारण नेपालमा लोकप्रिय बनेको दिपल एस०७ खरिद गरेका छन् । पछिल्ला डेलिभरीहरुले इन्टेलिजेन्ट र स्टाइलिस एसयुभी दिपल एस०७ अझै पनि प्रभावशाली व्यक्तिहरुको रोजाइ परिरहेको तथ्यलाई थप मजबुत बनाएको छ ।
पछिल्लो समयमा रिलिज भएको साइन्सफिक्सन सिनेमा एक्लो लगायत थुप्रै चलचित्रहरुमार्फत दर्शकको मन जित्न सफल अग्रणी अभिनेता तथा स्टाइल आइकन प्रदिप खड्काले एस०७ को फ्युचरिस्टिक डिजाइन र अत्याधुनिक प्रविधिका कारण आफ्नो ग्यारेजमा नयाँ दिपल थपेको बताए । त्यसैगरी, बलिउड स्टार सलमान खानसँग बहुप्रतिक्षित सिनेमा ब्याटल अफ गल्वानमा स्क्रिन सेयर गरेर आफ्नो ख्याती विश्वभर चिनाएका लोकप्रिय अभिनेता अनुप विक्रम शाहीले पनि भर्खरै दिपल एस०७ खरिद गरेका हुन् ।
कम्पनीका अनुसार, अनुप विक्रम शाही र प्रदिप खड्कालाई दिपल परिवारमा स्वागत गर्न पाउँदा एमएडब्लु वृद्धि गौरवान्वित भएको छ । उत्कृष्टताप्रति उहाँहरुको प्रतिबद्धता र उहाँहरुको स्टाइल आइकन पहिचान दिपल एस०७ को इनोभेसन, स्टाइल र फ्युचर रेडी पर्फर्मेन्स जस्ता मूल्यसँग पूर्ण रुपमा मेल खान्छ ।
एक दर्जनभन्दा बढी इन्डस्ट्रि फस्ट फिचर र विशिष्ट डिजाइन फिलोसोफीका लागि परिचित दिपल एस०७ आईसीले नेक्स्ट जेनेरेसन इन्टेलिजेन्ट कनेक्टिभिटीको अनुभव दिन्छ । यसमा रहेका जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टिग्रेटेड हेडरेस्ट र आउडोर स्पिकर जस्ता फिचरले दिपललाई नेपालकै नं. १ लक्जरी इभी बनाएको बताइएको छ ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
