बागलुङको कारागार केन्द्रमा सकियो मतदान
जानकारी केन्द्र
२०८२, फाल्गुन, २१
बागलुङ- बागलुङ नगरपालिका–१ स्थित बागलुङ जिल्ला कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा ९६.३६ प्रतिशत मतदान भएको छ। कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार ५५ जना कैदीबन्दी र अस्थायी मतदातामध्ये ५३ जनाले मतदान गरेका हुन्। कारागार मतदान केन्द्रमा ५३ कैदीबन्दी र दुई जना कर्मचारी मतदाता थिए।
उनका अनुसार एक जना बन्दी कैद भुक्तान गरेर छुटेका र अर्का एक जना काठमाडौं स्थानान्तरण भएका कारण ५३ जनाले मात्र मतदानमा सहभागिता जनाएका हुन्।
मतदान सम्पन्न भए पनि दलका प्रतिनिधिसँग छलफलपछि केही बेरमै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइने पन्तले जानकारी दिए।
बागलुङ जिल्लाभर २३० मतदान केन्द्र रहेका छन् भने कुल एक लाख ९३ हजार ३८१ मतदाता रहेका छन्।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
