यो चुनावले मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ :गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएका छन् । उनले भने–‘यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो। अब हामीले चुनाव गरेका छौँ र निष्पक्ष चुनाव गरेका छौँ। यो सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो। अरु बेलाको भन्दा गुणस्तरीय चुनाव गरेका छौँ। सुदृढ चुनाव गरेका छौँ। सबैलाई थाहा छ, यसपालि एक थोपा रगत नखसिकन चुनाव सम्पन्न गर्न सकेका छौँ।’
उनले आफूहरुको सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो नखसेको स्मरण गराएका छन् । उनले भने,‘त्यो प्रत्याभूति हामीले दियौँ। चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन्, एकाधबाहेक। हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौँ। मतदान गरायौँ। पहिलापहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो। तर, यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ। स्थगन गर्नुपरेको अवस्था पनि छैन। यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ। यी मानकहरुलाई सुदृढ गर्नुपर्छ। ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्, ती मानक घटाउन नसकून् भन्ने तहको लक्ष्य र अपेक्षा राखेर हामीले काम गरेका हौँ।’
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

