यो चुनावले मुलुक र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको छ :गृहमन्त्री अर्याल
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले यो चुनावले मानवता जोगाउने, मुलुक जोगाउने र संविधान जोगाउने कुराको प्रत्याभूति दिएको बताएका छन् । उनले भने–‘यो निर्वाचन हुन नसकेको भए हाम्रो मुलुक, संविधान र मानवता नै जोखिममा पर्न सक्थ्यो। अब हामीले चुनाव गरेका छौँ र निष्पक्ष चुनाव गरेका छौँ। यो सरकारले सुदृढ चुनाव गरोस् भन्ने अपेक्षा थियो। अरु बेलाको भन्दा गुणस्तरीय चुनाव गरेका छौँ। सुदृढ चुनाव गरेका छौँ। सबैलाई थाहा छ, यसपालि एक थोपा रगत नखसिकन चुनाव सम्पन्न गर्न सकेका छौँ।’
उनले आफूहरुको सरकार गठन भएदेखि राजनीतिक हिंसाबाट रगतको थोपो नखसेको स्मरण गराएका छन् । उनले भने,‘त्यो प्रत्याभूति हामीले दियौँ। चुनावको क्रममा पनि हिंसात्मक झडपहरू हुन पाएनन्, एकाधबाहेक। हुन खोजेका ठाउँमा पनि रोकथाम गरेर त्यसलाई काबुभित्र राखेर चुनाव गरायौँ। मतदान गरायौँ। पहिलापहिला धेरै ठाउँमा स्थगन हुन्थ्यो र फेरि चुनाव गराउनुपर्थ्यो। तर, यसपालि देशभरि एकैचोटि मतदान सम्पन्न भएको छ। स्थगन गर्नुपरेको अवस्था पनि छैन। यसरी हामीले राजनीतिक सुशासनका मानकहरू बढाउनैपर्छ। यी मानकहरुलाई सुदृढ गर्नुपर्छ। ताकि भविष्यमा आउने सरकारहरूले ती मानकहरू भत्काउन नसकून्, ती मानक घटाउन नसकून् भन्ने तहको लक्ष्य र अपेक्षा राखेर हामीले काम गरेका हौँ।’
सम्बन्धित समाचार
एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र लाभांश क्षमतामा सुधार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
