Jankari Kendra
३० भाद्र २०८३, मंगलवार
Worldlink

बाँके २ मा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी, यस्तो छ मत परिणाम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, २३
बाँके २ मा नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राई विजयी, यस्तो छ मत परिणाम

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ को मत गणना जारी रहेको छ । देशभरको निर्वाचन क्षेत्रका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी मत परिणाम अग्र स्थानमा रहेको छ ।

विजयी हुने क्रममा बाँके क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार इश्तियाक राई २४,६२८ मतका साथ विजयी भएका छन् ।

उनका निकटम प्रतिद्धन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठ १८,५८२ मत प्राप्त गरेका छन् भने १७,५९६ मत सहित तेस्रो स्थानमा नेपाली कांग्रेस पार्टीका सुधान्सु कोइराला रहेका छन्।

Top Changing Nepal

युट्युब सट्स