श्रम संस्कृति पार्टीले टुङ्गो लगायो समानुपातिक सांसदहरुको नाम
काठमाडौँ । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको समानुपातिक तर्फ प्राप्त चार सिटका लागि सांसदहरुको नाम टुङ्गो लगाएको छ। पार्टीले तीन महिला र एक पुरुषलाई समानुपातिक सांसदका रुपमा सिफारिस गरेको जनाएको छ । पार्टी ले तीन महिला र एक पुरुषलाई समानुपातिक सांसदका रुपमा सिफारिस गरेको जनाएको छ।
पार्टी स्रोतका अनुसार आदिवासी महिला कोटाबाट हेटौँडाकी मन्दिरा मोक्तानलाई चयन गरिएको जनाइएको छ। त्यस्तै गरी खस आर्य महिला कोटाबाट अम्बिका सङ्ग्रौला र दलित महिला कोटाबाट सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसदका रुपमा सिफारिस गरिएको छ।
यस्तै पुरुषतर्फ भने आदिबासि/जनजाति समुहबाट पुर्ण लिम्बुको नाम सिफारिस गरिएको पार्टी स्रोतले जानकारी दिएको छ।
निर्वाचन प्रणाली अनुसार प्राप्त मतको आधारमा श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ चार सिट पाएको छ । सोहि अनुसार पार्टीले विभिन्न समावेशी समूहलाई समेट्दै सांसदहरुको नाम तय गरेको जनाएको छ ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि ‘प्रि–ओन्ड ईभी’ कर्जा सुरु
करदाता प्रोत्साहन उपहार कार्यक्रम साउन २१ देखि लागु, पीएसपीलाई एप अपडेट गर्न राष्ट्र बैंकको निर्देशन
सुन-चाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
आजदेखि ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल’ सुरु हुँदै
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
जापानमा शक्तिशाली भुकम्प, सपिङ मलका ३० भन्दा बढी कर्मचारी बेपत्ता
२०८३ साउन १३ गते बुधवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
कुमारी बैंकले २.५८ लाख संस्थापक सेयर बिक्रीमा ल्यायो, संस्थापकले ३५ दिनभित्र आवेदन दिनुपर्ने
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो

