Jankari Kendra
१६ श्रावण २०८३, शनिबार
Worldlink

रास्वपाले समानुपातिक तर्फका ५७ सांसदको नाम छनोट गर्यो,५७ मध्ये ४८ महिला

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८२, चैत्र, १
रास्वपाले समानुपातिक तर्फका ५७ सांसदको नाम छनोट गर्यो,५७ मध्ये ४८ महिला

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुगों लगाएको जनाएको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले निर्वाचन आयोगमा यसअघि बुझाइएको बन्दसूचीबाट अन्तिम नाम छनोट गरेको हो ।

पार्टीका अनुसार प्रस्तावित सूचीमा लैंगिक समावेशितालाई विशेष प्राथमिकता दिइएको छ । कुल ५७ जनामध्ये ४८ जना महिला र ९ जना पुरुष समावेश गरिएको जानकारी दिइएको छ ।

समूहगत प्रतिनिधित्वका आधारमा खसआर्य समुुदायबाट १७ जना,आदिवासी जनाजातिबाट १६ जना,मधेशी समुदायबाट ९ जना्,दलित समुदायबाट ८ जना,थारु समुदायबाट ४ जना तथा मुस्लिम समुदायबाट ३ जना सिफारिस गरिएको छ ।

रास्वपाले तय गरेको यो सूची निर्वाचन आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा मात्र गरेपछि मात्र औपचारिक रुपमा सार्वजनिक हुने पार्टीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स