काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसगँ सम्बन्धित अभियोग संशोधनको निर्णय विरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुदैँछ । आइतबार न्यायाधीश शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा बहस सुरु भए पनि नसकिएपछि मुद्धालाई हेर्दा हेदैँ मा राखिएको थियो ।
अधिवक्ता दिनेश त्रिपाठी,युवराज सफललगायतले महान्यायधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध लगायतका सम्पति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग संशोधन गर्ने निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका हुन ।
निवेदकहरुले उक्त निर्णयले सहकारी ठागी र अन्य गम्भीर आरोप कमजोर पार्ने दाबी गर्दै कानुनी प्रक्रिया प्रभावित हुन नदिन सर्वोच्च अदालतबाट परमादेश जारी गर्न माग गरेका छन् । आजको सुनुवाइमा बहस सकिएमा अदालतले आदेश दिन सक्ने सम्भावना रहेको छ ।


