सांसद सुधन गुरुङद्धारा सरकारी सुविधा अस्वीकार
काठमाडौँ । सुधन गुरुङले सांसद पदबाट प्राप्त हुने कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रत्यक्षतर्फ निर्वाचित गुरुङले आफू जनताको सेवामा केन्द्रित रहने उद्धेश्यले यस्तो निर्णय लिएको बताएका हुन् ।
ललितपुरको ग्वार्को क्षेत्रमा आयोजित नवनिर्वाचित सांसदहरुको अभिमुखिकरण कार्यक्रममा सहभागी हुने क्रममा उनले राज्यबाट उपलब्ध गराइने तलब,भत्ता तथा अन्य सुविधा अस्वीकार गर्ने स्पष्ट पारे । त्यस्तै गरी सरकारी सवारी साधन प्रयोग नगरी आफ्नै निजी गाडी प्रयोग गर्नु उनको योजना रहेको छ ।
उनका अनुसार सार्वजनिक पदलाई सेवा र जिम्मेवारीको रुपमा लिनुपर्ने भएकाले व्यक्तिगत लाभ लिनु उपयुक्त नहुने ठहर गरेका हुन् । उनले आफ्नो निर्णयले अन्य जनप्रतिनिधिलाई पनि सादगी र पारदर्शितातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
नेपालमा सांसदहरुका लागी तलब भत्ता तथा विभिन्न सेवा सुविधाको व्यवस्था भए पनि सवारी सुविधा भने निश्चित पदमा रहेकाहरुलाई मात्र प्रदान गरिन्छ ।
सम्बन्धित समाचार
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट,बाढीमा क्षति र हराएका सवारीबारे गराए जानकारी
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
देशभर आज मध्यम वर्षाको सम्भावना
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
ट्रेन्डिङ
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
२०८३ भदौ २७ गते शनिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ भदौ २८ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

