आज मातातीर्थ औंशी : आमाप्रति सम्मान र स्मरणको विशेष दिन
काठमाडौं । आज बैशाख कृष्ण औंशी, जसलाई मातातीर्थ औंशी तथा आमाको मुख हेर्ने दिनका रूपमा देशभर श्रद्धा र भावनासहित मनाइँदैछ। यस दिनलाई सामान्य भाषामा आमा खुवाउने औंशी पनि भनिन्छ।
आजको दिन जीवित आमालाई सम्मान गर्दै मीठा परिकार खुवाउने, नयाँ लुगा तथा मनपर्ने उपहार प्रदान गर्ने र कृतज्ञता व्यक्त गर्ने परम्परा रहेको छ। त्यस्तै, दिवंगत आमाको सम्झनामा सन्तानहरूले तर्पण, पिण्डदान र श्राद्ध गरी श्रद्धाञ्जली अर्पण गर्ने गर्दछन्।
विशेषगरी काठमाडौंको मातातीर्थ क्षेत्रमा आज ठूलो मेला लाग्ने गर्दछ। यहाँ रहेका पवित्र कुण्डमा स्नान तथा तर्पण गरेमा दिवंगत आमाको आत्मालाई शान्ति मिल्ने धार्मिक विश्वास छ।
सनातन परम्पराअनुसार मातापिताको दैनिक सेवा र सम्मान गर्नुपर्ने मान्यता भए पनि सबै सन्तान सधैं नजिक रहन नसक्ने भएकाले वर्षमा एक दिन विशेष रूपमा आमाप्रति श्रद्धा प्रकट गर्ने दिनका रूपमा मातातीर्थ औंशी मनाइँदै आएको हो।
यस पर्वसँग जोडिएका धार्मिक किवदन्तीहरू पनि प्रचलित छन्। एक कथाअनुसार त्रेतायुगमा श्रीराम, सीता र लक्ष्मण वनवासका क्रममा हालको मातातीर्थ क्षेत्रमा पुगेका थिए। पानीको अभाव भएपछि श्रीरामले गंगामातालाई आह्वान गरी बाण प्रहार गर्दा त्यहाँ पवित्र कुण्ड उत्पत्ति भएको विश्वास गरिन्छ।
अर्को किवदन्तीमा एक गोठालाले सोही कुण्डमा आफ्नो दिवंगत आमाको दर्शन पाएको उल्लेख छ। त्यसपछि प्रत्येक वैशाख औंशीमा आमाहरू त्यहाँ आउने जनविश्वास फैलिएको मानिन्छ। यसरी धार्मिक आस्था, परम्परा र आमाप्रतिको माया जोडिएको मातातीर्थ औंशीले नेपाली समाजमा विशेष महत्व राख्दै आएको छ।
सम्बन्धित समाचार
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
देशभर मनसुनी वायुको प्रभाव : केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ साउन २४ गते आईतवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव कायमै : केही स्थानमा भारी वर्षाको सम्भावना
२०८३ साउन २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु

