भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै : एक हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर
काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामाग्री बिक्री गर्दै आएको मोबाइलमान्डु अब अफलाइन बजारमा पनि प्रवेश गर्ने भएको छ। कम्पनीले आफ्नो पहिलो भौतिक स्टोर तीनकुनेमा वैशाख २१ गते भव्य रुपमा उद्घाटन गर्ने तयारी गरेको बताइएको छ ।
हालसम्म देशभर अनलाइन सेवा प्रदान गर्दै आएको मोबाइलमान्डुले ग्राहकलाई प्रत्यक्ष रूपमा उत्पादन अनुभव गराउने उद्देश्य ले फिजिकल आउटलेट सुरु गर्न लागेको बताइएको छ। कम्पनीका अनुसार यो कदम ‘टेक अनुभवलाई नजिक ल्याउने’ रणनीतिअन्तर्गत उठाइएको हो।
उद्घाटनलाई विशेष बनाउन विभिन्न अफरहरू सार्वजनिक गरिनुका साथै कार्यक्रममा ब्ल्याक शार्क गेमिङ ट्याबलेट सार्वजनिक गरिनेछ भने गेमिङ एक्सेसोरीहरूमा ४० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएको छ।
त्यसैगरी, बालबालिकासम्बन्धी उत्पादनहरूमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ। स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले निःशुल्क उपहार प्राप्त गर्नेछन् भने पुरानो फोन साटेर नयाँ लिन सकिने एक्सचेन्ज सुविधा पनि रहनेछ।
ग्राहक सहभागिता बढाउन ‘स्पिन द ह्वील’ अफर ल्याइएको छ, जसअन्तर्गत २५०० रुपैयाँभन्दा माथिको खरिदमा विभिन्न उपहार जित्ने अवसर हुनेछ। त्यस्तैगरी, आउटलेटभित्र फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्ने ग्राहकहरूले १० हजार रुपैयाँसम्मका उत्पादन जित्न सक्नेछन्।
उद्घाटनकै दिन विशेष अफरअन्तर्गत इयरबड्स तथा इयरक्लिप्स ५०० रुपैयाँमै उपलब्ध गराइने कम्पनीले जनाएको छ।
मोबाइलमान्डुले आगामी दिनमा अफलाइन विस्तारलाई थप सशक्त बनाउने लक्ष्य राखेको बताइएको छ। कम्पनीका अनुसार उद्घाटनसँग सम्बन्धित अफरहरू वैशाख २१ देखि २७ गतेसम्म लागू रहनेछन्।
सम्बन्धित समाचार
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

