कालंगा हाइड्रोको आईपीओ जेठ ८ देखि खुल्ने, सर्वसाधारणका लागि कति ?
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँटपछि कम्पनीले जेठ ८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गर्न लागेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत बराबर ४९ करोड रुपैयाँको ४९ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो। यसमध्ये १४ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकिएको छ।
त्यसैगरी, १ लाख ९५ हजार कित्ता सेयर सामूहिक लगानी कोष र १ लाख ५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ। बाँकी २८ लाख ७० हजार कित्ता (२८ करोड ७० लाख रुपैयाँ बराबर) सेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अन्तिम मिति जेठ १३ गते तोकिएको छ भने सो अवधिमा पर्याप्त आवेदन नपरेमा जेठ २२ गतेसम्म म्याद थपिनेछ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा सेवामार्फत बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’ प्रणाली प्रयोग गरेर आवेदन दिन सक्नेछन्।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

