सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
जानकारी केन्द्र
२०८३, बैशाख, २५
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि भएको छ। आज सुनको मुल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ११५ रुपैयाँ कायम गरिएको महासंघले बताएको छ।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य आज प्रतितोला १ सय २० रुपैयाँले बढेर ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदी प्रतितोला ५ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य भने ४ हजार ५२३ रुपैयाँ रहेको महासंघले जनाएको छ।
#gold price in nepal
#Goldprice
#goldsilver
#silver price in nepal
#आजको सुनचाँदी मुल्य
#सुनचाँदी
#सुनचाँदीको मुल्य
सम्बन्धित समाचार
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट

