Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, बैशाख, २५
अब कम्पनी दर्ता एक दिनमै, खारेजी पाँच दिनभित्र

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि कम्पनी दर्ता प्रक्रिया एक कार्यदिनमै सम्पन्न हुने व्यवस्था लागू गरेको जनाएको छ। सेवाग्राहीलाई छिटो र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको कार्यालयले जनाएको हो।

कार्यालयका अनुसार कम्पनीको नाम दर्ता अनलाइनमार्फत अनुरोध प्राप्त भएको एक कार्यदिनभित्र गरिनेछ भने नयाँ कम्पनी दर्ता पनि तोकिएको ढाँचामा निवेदन प्राप्त भएको एक कार्यदिनभित्र सम्पन्न गरिने व्यवस्था मिलाइएको छ।

त्यस्तै, दर्तापछिका अन्य कार्यहरू सामान्यतया एकदेखि तीन कार्यदिनभित्र सम्पन्न गरिने र कम्पनी खारेज गर्नुपर्ने अवस्थामा पाँच कार्यदिनभित्र अन्तिम निर्णय गरिने कार्यालयले जनाएको छ।

यसअघि कम्पनी दर्ता गर्न कम्तीमा सात दिन लाग्ने गरेको थियो। कम्पनी खारेजीका लागि भने स्पष्ट समयसीमा नहुँदा सेवाग्राहीले लामो समयसम्म झन्झट बेहोर्नुपरेको गुनासो गर्दै आएका थिए।

कार्यालयले नयाँ व्यवस्थासँगै सेवा प्रवाहलाई छरितो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य राखिएको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स