प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
जानकारी केन्द्र
२०८३, जेष्ठ, ६
काठमाडौं । निर्वाचन आयोग ले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट प्राप्त ६ अर्ब ७१ करोड ९२ लाख रुपैयाँमध्ये ४ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।
आयोगले कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातालाई आधार मान्दा प्रति मतदाता औसत २ सय ६३ रुपैयाँ खर्च भएको जनाएको छ । निर्वाचन सञ्चालन (आर्थिक व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार सार्वजनिक गरिएको विवरणमा बजेट निकासा, खर्च, राजस्व र धरौटीसम्बन्धी जानकारी समावेश गरिएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्न सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मी तथा सरोकारवालाप्रति धन्यवाद समेत व्यक्त गरेको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
