• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ जेठ २०८३, मङ्गलबार
०५ जेठ २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक
  • ६ घण्टा 

नेप्से परिसूचक ३० अंकले बढ्यो
  • ६ घण्टा 

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
  • १० घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

राष्ट्र बैंकद्वारा तरलता व्यवस्थापनका लागि ३० अर्ब निक्षेप संकलन गर्ने
  • १२ घण्टा 

संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित
  • १३ घण्टा 

प्रतिनिधि सभा निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रति मतदाता २६३ रुपैयाँ
  • १४ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. २०८३ जेठ ०३ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

  • ३. डोङफेङ ‘नामी भिगो’ ईभी एसयुभी दक्षिण अफ्रिकामा सार्वजनिक, आकर्षक फिचरसहित

  • ४. २०८३ जेठ ०४ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. कजारिया रमेश टायल्सको नयाँ शोरुम अब तारकेश्वरमा

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि : कतिमा हुँदैछ कारोबार ?

  • ७. एसइईको ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि : परीक्षा तालिका सार्वजनिक

  • ८. आजदेखि मलमास अर्थात् अधिकमास सुरु हुँदै

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सुपर फास्ट कुलिङ र स्मार्ट स्टोरेज सुविधासहित माइडिया चेस्ट फ्रिजर सार्वजनिक

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

जानकारी केन्द्र २०८३, जेष्ठ, ६

काठमाडौं । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले आफ्नो स्मार्ट डोमेस्टिक एप्लायन्सेस (एसडीए) पोर्टफोलियोलाई हालसम्मकै आक्रामक रूपमा विस्तार गरेको छ। बढ्दो गर्मी र उपभोक्ताको विविध आवश्यकतालाई मध्यनजर गर्दै, कम्पनीले स्ट्यान्ड, वाल, सिलिङ र टेबल फ्यान सेग्मेन्टमा एकैसाथ ७ वटा अत्यधिक शक्तिशाली नयाँ मोडलहरू सार्वजनिक गरेको छ। यी नयाँ लन्चहरूसँगै सीजीले फ्यान बजारमा आफ्नो निर्विवाद नेतृत्वलाई अझ मजबुत बनाएको जनाएको छ ।

बजारमा तहल्का मच्चाउने नयाँ लन्चहरू:
१. सीजी स्ट्यान्ड फ्यान सिरिज (३ नयाँ मोडलहरू) : उपभोक्ताको मागलाई ध्यानमा राख्दै सीजीले मजबुत निर्माण, निरन्तर चल्ने भरपर्दो मोटर र वाइड एंगल ओसिलेसन जस्ता साझा विशेषताहरूसहित ३ वटा नयाँ स्ट्यान्ड फ्यान सार्वजनिक गरेको छ:
• CGSF18: १२५० RPM गतिको यो मोडलमा १८” एल्युमिनियम ब्लेड र ३-स्पीड कन्ट्रोल रहेको छ।
• CGSF16HS02 (हाई-स्पीड) :  २१५० आरपीएमको सुपर-फास्ट गतिको यस फ्यानमा १६” एबीएस ब्लेड, ४-स्पीड कन्ट्रोल र समय सेट गर्न मिल्ने टाइमर फङ्सन जडान गरिएको छ।
• CGSF16D05 :  २१५० आरपीएमको उच्च गति, १६” एल्युमिनियम ब्लेड, ३-स्पीड कन्ट्रोल र टाइमर फङ्सन सहितको यो फ्यान गर्मीका लागि उत्कृष्ट विकल्प हो।

२. सीजी मेरिडिया वाल फ्यान (CGMRWF16HS01) :  प्रिमियम सेग्मेन्टलाई लक्षित गरी ल्याइएको यो मोडलले भित्तामा कम ठाउँ ओगटेर उत्कृष्ट कार्यक्षमता दिन्छ।
• क्षमता र डिजाइन : २१५० आरपीएमको अत्यन्तै उच्च गति, १००% शुद्ध तामाको मोटर, एयरोडाइनामिक ३-लिफ ब्लेड र ३-स्पीड कन्ट्रोल।

३. सीजी ‘डेकोरेटिभ’ र ‘हाई-स्पीड’ सिलिङ फ्यान (२ नयाँ मोडलहरू):
• CGCF48HSDE (सेतो र निलो रङ ): ४८” को फराकिलो स्विप, ४१० (±१०%) आरपीएमको गति र २२० एम³/मिनको उत्कृष्ट हावा प्रवाह, कम भोल्टेजमा पनि उत्कृष्ट कार्यक्षमता दिने।
• CGCF36HS01 (हाई-स्पीड) : ३६” को स्विप र ६०० (±१०%) आरपीएमको उच्च गतिसहित २१० एम³/मिनको को एयर डेलिभरी। १००प्रतिशत कपर मोटर र एयरोडाइनामिक ब्लेड।

४. सीजी टेबल फ्यान (CGTF9A) : व्यक्तिगत प्रयोग र सानो स्पेसका लागि अत्यन्तै उपयोगी नयाँ कम्प्याक्ट मोडल।
• सुपर-फास्ट स्पिड : ९” एयरोडाइनामिक ब्लेडसहित २७५० आरपीएमको बेजोड गति।
• कार्यक्षमता : आवश्यकता अनुसार गति मिलाउन मिल्ने भेरिएबल स्पीड कन्ट्रोल, मजबुत र भरपर्दो मोटरसहित अत्यधिक टिकाउ ।

वारेन्टीमा विशेष प्रतिबद्धता
गुणस्तर र टिकाउपनमा पूर्ण भरोसा प्रदान गर्न सीजीले सार्वजनिक गरेको नयाँ टेबल फ्यान (CGTF9A) को मोटरमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको छ भने, सार्वजनिक भएका अन्य सम्पूर्ण स्ट्यान्ड, वाल र सिलिङ फ्यानहरूको मोटरमा २४ महिनाको विशेष वारेन्टी प्रदान गरेको बताइएको छ।

३९ मोडलको वृहत् पोर्टफोलियो : फ्यान सेग्मेन्टमा सीजीको निर्विवाद नेतृत्व
यी ७ नयाँ आक्रामक लन्चहरूसँगै फ्यान सेग्मेन्टमा सीजीको लाइनअप प्रतिस्पर्धारहित बनेको छ। अहिले बजारमा सीजीले हरेक आवश्यकतालाई सुहाउने कुल ३९ वटा विभिन्न मोडलका फ्यानहरू उपलब्ध गराइरहेको छ:
• स्ट्यान्ड फ्यान (१२ मोडल) : ३ नयाँ लन्चसहित ६ सीजी नर्मल र ३ मेरिडिया फ्यान।
• फर्राटा फ्यान (३ मोडल) : ठूला हल तथा व्यावसायिक प्रयोगका लागि ३ शक्तिशाली फर्राटा फ्यान।
• सिलिङ फ्यान (१६ मोडल) : २ नयाँ लन्चसहित ४ बीएलडिसी सिरिज, ६ डेकोरेटिभ सिरिज र ६ हाई-स्पीड सिरिज।
• वाल फ्यान (३ मोडल) : नयाँ प्रिमियम मेरिडियासहित ३ वटा वाल फ्यान।
• टेबल र एक्जस्ट फ्यान (५ मोडल) : नयाँ मोडलसहित व्यक्तिगत प्रयोगका लागि ३ वटा टेबल फ्यान र भान्सा/बाथरुमका लागि २ वटा एक्जस्ट फ्यान।

कम्पनीका अनुसार, यी नयाँ फ्यानसहित सीजीको सम्पूर्ण रेन्ज देशभर रहेका २८ वटा अत्याधुनिक शोरुमहरू (सीजी डिजिटल र एलजी ब्रान्ड शप), विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np, cginspiringlife.com मार्फत सहजै खरिद गर्न सकिन्छ। साथै, देशभर फैलिएका ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट प्राविधिक सहयोग सुनिश्चित गरिएको बताइएको छ।

“यसपालीको गर्मीलाई मात दिन हामीले सबै सेग्मेन्टमा एकैसाथ नयाँ प्रविधि र उच्च गतिकाहरू फ्यानहरू बजारमा ल्याएका छौँ। बजारमा उपलब्ध ३९ वटा मोडलको विशाल रेन्जले सम्पूर्ण फ्यान सेग्मेन्टमा सीजीको बलियो उपस्थिति र ग्राहकप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,” सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। “इक्स्पिरीअन्स लाइभ विथ सीजी” को मूल नारालाई आत्मसात गर्दै सीजीले नेपाली उपभोक्ताको जीवनलाई सहज र शीतल बनाउन सधैं उत्कृष्ट उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्से परिसूचक ३० अंकले बढ्यो
माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी
सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

ताजा

चर्को गर्मीलाई मात दिन सीजीको ‘मेगा लन्च’ : ३९ मोडलको विशाल फ्यान पोर्टफोलियोसहित ७ नयाँ मोडलहरू एकैसाथ सार्वजनिक

नेप्से परिसूचक ३० अंकले बढ्यो

माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.