Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

हेर्नुहोस यसरी गरीयो बेवारीसे सवहरूको सामुहिक दाहसंस्कार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, कार्तिक, १२
हेर्नुहोस यसरी गरीयो बेवारीसे सवहरूको सामुहिक दाहसंस्कार

एक्सन फर सोसल चेन्ज’ नामक संस्थाले पाटन अस्पतालमा रहेका ५ वटा बेवारिसे शव संकलन गरी शुक्रवार सामुहिक दाहसंस्कार गरेको छ ।  समाजमा यस्ता परोपकारिहरू पनि छन  भन्ने उदाहरण बनेका छन ललितपुर, टिकाथली निवासी  विनय जंग वस्नेत, मनमा परोपकारी भावना हुनेहरू लाइ परोपकारमा लाग्न केहिले रोक्न सक्दैन भने झैं विभिन्न समस्याहरूका बावजुद वस्नेतले उपत्यकाका बिभिन्न अस्पतालमा बेवारिसे अवस्थामा अलपत्र परेका लासहरू संकलन गरेर अाफ्नै खर्चमा पशुपति अार्यघाटमा जलाएर सहरानिय काम गर्ने गरेका छन्।

विगत ३  वर्ष पहिलेदेखि अस्पतालका रहेका ४१ वटा बेवारिसे शव एक्लै संकलन गरी दाहसंस्कार गरी सकेका छन् । यस्ता बेवारिसे लासको व्यवस्थान गर्नुपर्ने जिम्वेवारी महानगरपालिकाको भए पनि प्रकृया गत समस्याले गर्दा अस्पतालमै लामो समय सम्म सडेर रहने गरेको पाइने गरेको छ । प्रहरी, माहानगर पालिका, अस्पताल र जिल्ला प्रशासन बिच उचित समन्वय हुन नसक्दा यस्तो समस्या अाउने गरेको छ । लास हरू यसरि अस्पतालहरूमा अव्यवस्थित रूपमा लामो समय सम्म रहने गरेकाले यस बाट वातावरण र स्वास्थ्यमा पनि समस्या थपिने गरेको छ ।

समाजसेवी वस्नेतको परोपकारी काम बाट प्रभावित भएर धेरै जनाले सश्था खोलेरै काम गर्ने सल्लाह दिए पनि समान भावना भएको टिम बन्न नसक्दा एक्लैकाम गरिरहेको बताउने वस्नेत भन्छन;– “परोपकारी शंस्था भन्ने वित्तिकै कमाइ गर्ने माध्यम हो भन्ने बुझाइ भएकाले स्वच्छ रुपमा काम गर्ने वातावरण बनाउन समान भावना भएको टिम बनाउन अलिक समय लागे पनि आफुले सोचे अनुरुपकै टिम बनेको छ” उनको स्वच्छ परोपाकारी काम तथा परोपाकारी भावना बाट प्रभावित भएर नै उनि संगै सहयात्रा गर्न स्वतस्र्फुत रुपमा सबै तिरका साथिहरुको टिम बन्न सफल भएको उनका एक सहयोगी सुप्रदिप्त न्यौपानेको भनाइ छ । उनलाइ साथ दिनेहरु ललितपुर सानागाँउका सस्था का संस्थापक सल्लाहाकार,संरक्षक युवा समाजसेवी श्री लाल बहादुर महर्जन  ललितपुर भैसेपाटीका सुप्रदिप्त न्यौपाने, ललितपुर महालक्ष्मि नगरपालिकाका मनोहर बस्नेत “म्यक्स” नेपालगञ्जका नरेश श्रेष्ठ, बाग्लुगका रमेश खड्का ,चितवन कि सरस्वती पौडेल, काभ्रे कि पवित्रा लामा र गोरखाका सुमेश थापा तेह्रथुमका दिपक गौतम छन ।

 

Top Changing Nepal

युट्युब सट्स