काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनाका अवधिमा वाणिज्य बैंकहरुको नाफा ४७ अर्ब भन्दा माथि पुगेको छ । नेपाल राष्ट्रि बैंकको तथ्यांक अनुसार साउनदेखि वैशाखसम्मको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका छन् ।
बैंकहरुले कमाएको उक्त नाफा गत आवको सोही वअधिको तुलनामा १.६७ प्रतिशतले कम हो । गत आवको १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा कमाएका थिए । यो अवधिमा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूमध्ये ११ वटाको नाफा बढेको छ भने ९ वटाको नाफामा गिरावट आएको छ । समीक्षा अवधिमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल बैंक, एभरेष्ट बैंक, एनएमबी, लक्ष्मी सनराइज, सिद्धार्थ, माछापुच्छ्रे बैंक र सानिमा बैंकको नाफा बढेको छ ।
यो अवधिमा स्टाण्र्डर्ड चार्टर्ड, प्रभु, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई, सिटिजन्स बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, कुमारी बैंक र एनआईसी एशिया बैंकको नाफा घटेको छ । समीक्षा अवधिमा सर्वाधिक नाफा कमाउने बैंकको शीर्ष स्थानमा नबिल बैंक रहेको छ ।
नबिल बैंकले चालु आर्थिक वर्षको वैशाखसम्म ५ अर्ब ६० करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा अघिल्लो वर्षको तुलनामा २।५९ प्रतिशतले बढी हो । त्यस्तै दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । उक्त बैंकले ५ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा यस बैंकको नाफा २९.८९ प्रतिशतले वृद्धि भएको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक तेस्रो स्थानमा रहँदै ५ अर्ब २ करोड ८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३३।१४ प्रतिशतले बढी हो ।
नेपाल बैंकले ३ अर्ब २८ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा ४५७.१२ प्रतिशतको उच्च वृद्धिदर हासिल गरेको छ । एभरेष्ट बैंकको नाफा ३ अर्ब ९० करोड ३३ लाख रुपैयाँ पुगेको छ भने एनएमबि बैंकले २ अर्ब ६२ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम बैंकको नाफा भने २ अर्ब ५८ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १९.८५ प्रतिशतले कम हो ।