भ्यान दुर्घटना हुँदा सिरहामा २ जना नेपाली सेनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।
सिरहास्थित खाद्य संस्थानको डिपोबाट जिल्ला कारगारका कैदीबन्दीका लागि खाद्य सामग्री बोकेर हिँडेको बा १ ग १९१३ नम्बरको भ्यान कसहरा नजिकै दुर्घटना हुँदा उक्त हताहती भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ । घाइतेहरुको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको छ ।