आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिएर अब ‘आइएमई खल्ती लिमिटेड’ नामबाट एकीकृत रूपमा कारोबार गर्ने भएका छन्। दुवै कम्पनीबीच २०८१ फागुन ४ गते मर्जरको प्रारम्भिक समझदारी भएको थियो भने २०८१ फागुन २२ गते नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो।
मर्जर प्रक्रिया अघि बढ्दै २०८२ वैशाख २५ गते अन्तिम सम्झौता भएपछि राष्ट्र बैंकमा निवेदन पेश गरिएको थियो। सोही आधारमा २०८२ असार ४ गते राष्ट्र बैंकले औपचारिक स्वीकृति दिएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयले पनि खल्तीलाई आई.एम.ई. डिजिटलमा गाभ्ने अनुमति प्रदान गरेको छ। नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती लिमिटेड’ रहनेछ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ।
अब नयाँ एकीकृत कम्पनीले २०८२ साउन १ गते बिहीबारदेखि कारोबार सुरु गर्ने छ। मर्जरपछि खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पत्ति र दायित्व आई.एम.ई. डिजिटल सोलुसन लिमिटेडले ग्रहण गर्ने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
बालबालिकाको गोपनियता संकलन गरेको आरोपमा टिकटकलाई ४० करोड डलर जरिवाना
साँझमा बत्तीमा कीरा झुम्मिने समस्या छ ? यस्तो उपाय अपनाउनुहोस्
सीजी इलेक्ट्रोनिक्स – एलजी नेपालद्वारा व्यवसायिक अवसर र आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना
नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्शनी २०८३ आयोजना हुँदै ।
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

