आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु
काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्राइभेट लिमिटेड एक आपसमा गाभिएर अब ‘आइएमई खल्ती लिमिटेड’ नामबाट एकीकृत रूपमा कारोबार गर्ने भएका छन्। दुवै कम्पनीबीच २०८१ फागुन ४ गते मर्जरको प्रारम्भिक समझदारी भएको थियो भने २०८१ फागुन २२ गते नेपाल राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो।
मर्जर प्रक्रिया अघि बढ्दै २०८२ वैशाख २५ गते अन्तिम सम्झौता भएपछि राष्ट्र बैंकमा निवेदन पेश गरिएको थियो। सोही आधारमा २०८२ असार ४ गते राष्ट्र बैंकले औपचारिक स्वीकृति दिएको हो।
कम्पनी रजिष्ट्रारको कार्यालयले पनि खल्तीलाई आई.एम.ई. डिजिटलमा गाभ्ने अनुमति प्रदान गरेको छ। नयाँ कम्पनीको नाम ‘आइएमई खल्ती लिमिटेड’ रहनेछ भने यसको केन्द्रीय कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ।
अब नयाँ एकीकृत कम्पनीले २०८२ साउन १ गते बिहीबारदेखि कारोबार सुरु गर्ने छ। मर्जरपछि खल्ती प्राइभेट लिमिटेडको सम्पूर्ण सम्पत्ति र दायित्व आई.एम.ई. डिजिटल सोलुसन लिमिटेडले ग्रहण गर्ने व्यवस्था गरिएको छ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
