महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई अत्याधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउने नीति अनुसार फोन पे सँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल ट्रेड क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ।
यस नयाँ सेवाअन्तर्गत ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ भित्र ‘महालक्ष्मी फोन पे क्रेडिट कार्ड’ विकल्पमार्फत कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन पे क्यूआर मर्चेन्ट मार्फत भुक्तानी गर्न र अनलाइन किनमेलको भुक्तानी गर्न सक्नेछन्।
यस भर्चुअल क्रेडिट कार्डमा भौतिक क्रेडिट कार्डमा जस्तै ४५ दिनसम्मको ब्याजमुक्त अवधि र लचिलो किस्ताबन्दी सुविधा पनि उपलब्ध हुनेछ। भौतिक कार्डको आवश्यकता नभएकोले कार्ड बोकेर हिँड्नुपर्ने झन्झट पनि अन्त्य हुनेछ। साथै, सेवा सुरूवातसँगै भर्चुअल क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकलाई ५०० सम्मको विशेष नगद फिर्ता (क्यासब्याक) अफर पनि दिइनेछ, जसले ग्राहकलाई थप लाभ पुग्नेछ।
नेपालका विकास बैंकमध्ये डिजिटल नवप्रवर्तनमा अग्रणी रहेको महालक्ष्मी विकास बैंक यो सेवा सञ्चालन गर्ने पहिलो विकास बैंक बनेको छ। यस सुविधाले बैंकको डिजिटल सेवा अझै ग्राहकमैत्री र प्रविधि केन्द्रित बन्ने विश्वास बैंकले व्यक्त गरेको छ।
बैंकले आगामी दिनमा पनि आफ्नो मोबाइल एप्लिकेशनलाई निरन्तर परिष्कृत र सुधार्दै डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्बन्धित समाचार
नेपाल बैंकले लोवर ठुलोखोला जलविद्युत आयोजनाका लागि कर्जा लगानी गर्ने
एभरेष्ट बैंकले कमायो ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफामा दोहोरो अंकको वृद्धि
३३.५० प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता प्रतिकित्ता १९.१० रुपैयाँ
बजारबाट ८५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक, तीनमहिने निक्षेप संकलनको बोलकबोल
२२.६७ प्रतिशतले बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, ६ अर्ब २२ करोड कमाइ
नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो

