यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
काठमाडौँ । प्रत्येक वर्ष जुलाई १ मा यामाहा ग्लोबलले ‘यामाहा डे’ मनाउने गर्दछ। विश्वभर यो दिवस यामाहाको इन्जिनियरिङ, मोटरस्पोर्ट्स र संगीत वाद्यवादनदेखि मोटरसाइकलसम्मको अद्वितीय यात्रालाई सम्मान गर्न मनाउने गरिन्छ। यस वर्ष, यामाहाले “Bridging Old and New, Through Kando Actions” भन्ने मूल नारासहित ७० औं वार्षिकोत्सव मनाउँदैछ। नेपालमा यो उत्सव अझ विशेष र भावनात्मक बनेको छ, किनकि यसले यामाहाको गौरवशाली इतिहास मात्र होइन, पुस्तौँदेखि नेपाली राइडरहरूसँग गाँसिएको बलियो सम्बन्धलाई पनि सम्मान गरिरहेको जनाइएको छ।
यस वर्षको उत्सव विभिन्न सामाजिक तथा वातावरणीय उद्देश्यसहित सम्पन्न भइरहेको बताइएको छ। एमएडब्लू फाउन्डेसनको संयोजनमा नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रमदेखि फ्याक्ट्री परिसरमा गरिएको वृक्षारोपण अभियानले यामाहाको दिगोपन प्रतिको प्रतिबद्धतालाई उजागर गर्दछ।
यस्तै, यामाहा ब्लुस्ट्रिक्स राइडआउटको समापन पनि एक विशेष सामुदायिक सेवामुलक गतिविधिबाट हुनेछ, जसले समाजप्रति यामाहाको जिम्मेवारीलाई पुनः पुष्टि गर्छ। देशभरिका सबै शोरूमहरूमा केक काट्ने कार्यक्रमका साथसाथै सडक सुरक्षा तालिमहरू पनि आयोजना गरिने छन्।
यस अवसरमा यामाहा नेपालले यो ७० वर्षको यात्रा केवल एक उत्सव मात्र नभई, हामी सबैको साझा उद्देश्य र जोशको प्रतीक बनोस् भन्ने चाहनाका साथ आफ्ना ग्राहक, शुभेच्छुक, सरोकारवाला र समुदायलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखेको जनाइएको छ।
यामाहा नेपालका सीइओ दीपक अग्रवालले गर्वका साथ भने, “यामाहाले ७० वर्षको गौरवपूर्ण यात्रा पूरा गरिरहँदा नेपालमा यसको यात्रा विश्वासको जगमा आधारित रहँदै इनोभेसनले संचालित विश्वव्यापी भावनाको साहसिक प्रतिबिम्ब बनेको छ। नेपालको विविध भूगोल र पुस्ताहरुका बीच यामाहा केवल मोटरसाइकल होइन, यो स्वतन्त्रता, भरोसा र प्रगतिको प्रतीक बनेको छ। इतिहासको गौरव र भविष्यप्रतिको विश्वासका साथ हामी दुईपाङ्ग्रे सवारी साधनको नयाँ युग निर्माणमा अगाडि बढिरहेका छौं। हामी सबै यामाहा प्रयोगकर्ता, शुभचिन्तक, साझेदार र सरोकारवालाहरूलाई सँगै मिलेर यो विशेष दिनलाई अझ विशेष बनाउन आह्वान गर्दछौं।”
एमएडब्लू राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल हाल नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपाङ्ग्रे ब्रान्डहरूमध्ये एकको रूपमा स्थापित भइसकेको जनाएको छ। कम्पनीका अनुसार, उन्नत जापानी प्रविधि, विश्वसनीय प्रदर्शन र उत्कृष्ट आफ्टर सेल्स सर्भिसका माध्यमबाट यामाहाले पर्फर्मेन्स, स्टाइल र ग्राहक सेवामा निरन्तर नयाँ मापदण्डहरू स्थापना गर्दै आएको छ। नेपालभरका टचपोइन्टहरूमा प्रिमियम अनुभव र दक्ष जनशक्ति विकासमा समर्पित यामाहा, आगामी दिनहरूमा पनि उत्कृष्टता कायम राख्ने प्रतिबद्धतासाथका साथ अघि बढिरहेको बताइएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
