Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, असार, २
सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले साना घरायसी उपकरण श्रेणी अन्तर्गत सञ्चालन गरेको ‘भरोसा नेपालीको, उत्सव नयाँ वर्षको’ अभियानका विजेता घोषणा गरेको छ।

योजना अन्तर्गत प्रदान गरिएको पाँच उपहार सामग्रीका विजेता झापाको भद्रपुर निवासी रणधीर गुप्ता बनेका छन्। उनले भद्रपुरस्थित वैष्णवी पाथीभरा भाँडा पसलबाट सीजीको ‘इग्नाइट २ बीएस’ खरिद गरी उपलब्ध क्यूआर कोड स्क्यान गरेर योजनामा सहभागिता जनाएका थिए।

हालै आयोजित एक कार्यक्रममा कम्पनीका प्रतिनिधि आशुतोष ठाकुरले विजेता गुप्तालाई उपहार हस्तान्तरण गरेका थिए। उपहार प्राप्त गरेपछि गुप्ताले आफू अत्यन्त खुसी भएको बताउँदै सीजी ब्रान्डप्रतिको विश्वास अझ मजबुत बनेको प्रतिक्रिया दिएका छन्।

कम्पनीका अनुसार सीजीका साना घरायसी उपकरणहरू देशभर रहेका २८ वटा सीजी डिजिटल शोरुम, एलजी ब्रान्ड सप, आधिकारिक बिक्री केन्द्र तथा कम्पनीका आधिकारिक विद्युतीय माध्यममार्फत खरिद गर्न सकिन्छ। चार दशकभन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय सीजी इलेक्ट्रोनिक्सले देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गर्दै आएको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स