Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८३, श्रावण, २४
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने

मुम्बई । नितेश तिवारीद्वारा निर्देशित र रणवीर कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘रामायण’ यस वर्षको सबैभन्दा बढी प्रतिक्षित चलचित्रहरू मध्ये एक हो। हालै ‘रामायण’ को ट्रेलर सार्वजनिक भएको छ र यसलाई हेरे पछि दर्शकहरू ठूलो पर्दामा चलचित्र हेर्न आतुर छन् । खासमा ट्रेलरमा १ अर्ब भ्युज पुग्ने पहिलो गैर अंग्रेजी चलचित्र बनेकाले पनि यसका लागि दर्शकहरू कति प्रतिक्षारत छन भन्ने कुरा यसैले पुष्टी गरिसकेको छ ।

तर, भारतका दर्शकहरूले भने हलमा ‘रामायण’ हेर्न अझै केही समय कुर्नु पर्ने भएको छ । सुरुमा यो चलचित्र नोभेम्बर ६ मा प्रदर्शनमा आउने खबर आएको थियो तर, प्रदर्शन मितिलाई लिएर चलिरहेको अड्कलबाजीका बीच निर्माता नमित मल्होत्राले स्पष्ट पारेका छन् कि ‘रामायण’ नोभेम्बर ६ मा भारतमा नभई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन हुनेछ।

त्यसोभए, अत्याधिक प्रतिक्षित यो महाकाव्यमा आधारित चलचित्र भारतीय सिनेमाघरहरूमा कहिले हेर्न पाइनेछ त ? जानौं ।

‘रामायण’ मा रणवीर कपुर भगवान रामको भूमिकामा, साई पल्लवी देवी सीताको भूमिकामा र यश रावणको भूमिकामा देखिएका छन्। यो चलचित्र सन् २०२६ को नोभेम्बर ६ मा अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुनेछ भने भारतीय दर्शकहरूले यसलाई दीपावलीको अवसर पारेर नोभेम्बर ८ मा मात्रै हेर्न पाउने भएका छन्। एनडीटीभीसँग कुरा गर्दै चलचित्रका निर्माता नमित मल्होत्राले भारतमा भने दीपावलीको समयमा रिलिज हुनेछ ।

चलचित्रको अंग्रेजी ट्रेलरमा देखाइएको नोभेम्बर ६ को प्रदर्शन मिति र भारतमा प्रदर्शन मिति परिवर्तन गरिएको हो कि भन्नेबारे सोधिँदा नमित मल्होत्राले भने, ‘हामी यसलाई अन्तर्राष्ट्रिय रूपमा नोभेम्बर ६ मा प्रदर्शन गर्दैछौं। अन्तर्राष्ट्रिय वितरणमा शुक्रबार प्रदर्शन गर्ने प्रचलन छ, त्यसैले यो नोभेम्बर ६ मा आउँदैछ तर भारतमा भने हामी यसलाई दीपावलीको समयमा प्रदर्शन गर्ने योजना बनाउँदैछौं।’

यसको अर्थ अन्तर्राष्ट्रिय दर्शकहरूले यो चलचित्र शुक्रबार, नोभेम्बर ६ मा हेर्न पाउनेछन् भने भारतीय दर्शकहरूले यसलाई आइतबार, नोभेम्बर ८ मा अर्थात् दीपावली पर्वकै अवसरमा सिनेमाघरहरूमा हेर्न सक्नेछन्।

नमित मल्होत्राले चलचित्रको प्रचार प्रसार सामग्रीले एउटा ठूलो कोसेढुङ्गा पार गरिसकेको बताए। उनले भने, ‘गत हप्ता सार्वजनिक भएको यसको ट्रेलरले मात्र पाँच दिनमा एक अर्बभन्दा बढी पटक हेरिएको छ, जुन भारतका लागि ठूलो उपलब्धि हो। विश्वभरका मानिसहरूबाट प्राप्त मायाप्रति हामी वास्तवमै आभारी छौं। अब हाम्रो लक्ष्य ‘रामायण’लाई विश्वव्यापी दर्शकमाझ पुर्‍याउनु हो।’

निर्माताले सोनी पिक्चर्ससँगको सहकार्यबारे पनि प्रकाश पारेका छन, जसले यस चलचित्रको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको छ। मल्होत्राले भने, ‘सोनी पिक्चर्ससँगको सहकार्यमार्फत हामी ‘रामायण’ लाई एक प्रमुख विश्वव्यापी चलचित्रका रूपमा प्रदर्शन गर्ने आशा राख्छौं, जसमा वितरणको व्यवस्थापन सोनीले गर्नेछ । ‘रामायण’ हामी सबैको हो र यसलाई उत्कृष्ट बनाउन हामी निकै उत्साहका साथ काम गरिरहेका छौं। त्यसैले, विश्वास कायम राख्नुहोस्, हामीलाई आफ्नो माया र समर्थन दिइरहनुहोस्, हामी तपाईंहरूलाई निराश पार्ने छैनौं।’

Top Changing Nepal

युट्युब सट्स