दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रा.लि.ले यस वर्षको दशैंका लागि ‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ अभियान ल्याएको छ।
अभियानमार्फत बजाजका ग्राहक तथा मोटरसाइकल प्रेमीहरूले मोटरसाइकल खरिदसँगै पुरस्कार जित्ने, डिजिटल रेसमा सहभागी हुने र आफ्ना मनपर्ने च्याम्पियनसँग भेट्ने अवसर पाउने बताइएको छ।
दशैंको अवसरमा बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले रु.१ लाखसम्मको पुरस्कार पाउनुका साथै स्मार्ट घडी, हस्ताक्षरित सामग्री तथा बजाजका विशेष उपहार जित्ने अवसर पनि रहेको कम्पनीले जनाएको छ।
अभियानको विशेष आकर्षणका रूपमा रविन्द्र ढाँट, सीआर ७ होराआ (सन्जन गौतम) र दीपेन्द्र सिंह ऐरीसँग भेट्ने अवसरसमेत रहेको छ भने अभियानअन्तर्गत छनोट भएका विजेताले यी च्याम्पियनहरूसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने बताइएको छ।
कम्पनीका अनुसार,अभियानलाई डिजिटल माध्यममा पनि जोड्दै बजाजले ‘पल्सर रेसिङ गेम’ ल्याउनुका साथै यसमा सहभागीहरूले आफूलाई मनपर्ने च्याम्पियनको पात्र छनोट गरी डिजिटल ट्र्याकमा रेस गर्न सक्नेछन्। सबैभन्दा कम समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीले हस्ताक्षरित टी–सर्ट, च्याम्पियनका सामग्री तथा बजाजका विशेष उपहार जित्न सक्ने जनाइएको छ।
डिजिटल माध्यमको बढ्दो प्रयोगलाई ध्यानमा राख्दै अभियानमा युवाहरूलाई लक्षित विभिन्न गतिविधि समेटिएको कम्पनीले बताएको छ। यस्ता गतिविधिले युवाहरूलाई बजाजसँग अझ नजिक जोड्नुका साथै उनीहरूमा थप उत्साह र सहभागिता बढाउने अपेक्षा गरिएको छ।
त्यसैगरी, ‘शो योर पावर’ च्यालेन्जमार्फत राइडर तथा मोटरसाइकलप्रेमीहरूले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको लगावलाई आफ्नै सिर्जनात्मक शैलीमा प्रस्तुत गर्दै सहभागी हुन सक्ने भने यस चुनौतीबाट छनोट भएका विजेताले पनि च्याम्पियनहरूसँग भेट्ने अवसर पाउने जनाइएको छ।
गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “दशैंमा नयाँ जोश र उत्साहसँगै रमाइलो गर्ने माहोल हुन्छ। यही अवसरमा हाम्रा ग्राहकलाई मोटरसाइकल खरिदसँगै नयाँ अनुभव दिने उद्देश्यले ‘गेम अफ पावर’ ल्याएका हौं। पुरस्कारदेखि, डिजिटल रेस र च्याम्पियनसँगको भेटसम्म, यस अभियानले ग्राहकलाई सहभागी हुँदै आफ्नो पावर देखाउने अवसर दिनेछ।”
‘बजाज गेम अफ पावर – खेल्ने हो ?’ मार्फत बजाजले यस दशैंमा मोटरसाइकल खरिदलाई पुरस्कार, प्रतिस्पर्धा र विशेष अनुभवसँग जोड्दै ग्राहकहरूका लागि थप उत्साहपूर्ण अनुभव दिने जनाएको छ।
सम्बन्धित समाचार
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
