वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
काठमाडौं । खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) थुप्रिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म स्ट्यान्डर्ड चार्टर्डबाहेक १९ वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति १९.५१ प्रतिशतले बढेर ४५ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सम्पत्ति ३८ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ रहेको थियो।
यो अवधिमा १२ बैंकको गैरबैंकिङ सम्पत्ति बढेको छ भने ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले यस्तो सम्पत्ति घटाउन सफल भएका छन्।
वैशाखसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको छ। बैंकको यस्तो सम्पत्ति १८.०९ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ७५ लाख रुपैयाँ पुगेको छ। दोस्रो स्थानमा रहेको ग्लोबल आइएमई बैंकको गैरबैंकिङ सम्पत्ति ५ अर्ब ९० करोड २४ लाख रुपैयाँ रहेको छ भने तेस्रो स्थानमा रहेको प्राइम कमर्सियल बैंकको यस्तो सम्पत्ति ११०.८६ प्रतिशतले बढेर ४ अर्ब ९९ करोड ७३ लाख रुपैयाँ पुगेको छ।
यता, नेपाल बैंकमा सबैभन्दा कम २३ करोड ३६ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४.४७ प्रतिशतले बढी हो।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
