बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बुधबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकले ७९ दिन अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो। यसका लागि बुधबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान गरिएको रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकका अनुसार निक्षेप बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ। समान ब्याजदरमा प्राप्त बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी हुन गएमा ‘प्रो–रेटा बेसिस’मा बाँडफाँड गरिनेछ।
संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २६ गते गरिनेछ। भुक्तानीका दिन सम्बन्धित बैंक तथा वित्तीय संस्थाको खातामा निर्धारित ब्याजसहित रकम जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अधिक भएपछि बजारमा रहेको अतिरिक्त रकम व्यवस्थापन गर्न राष्ट्र बैंकले नियमित रूपमा निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
