Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, १५
नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ बिन्दुमा कायम भएको छ। यस दिन ३५१ कम्पनीका ७६ लाख ९९ हजार कित्ता सेयर किनबेच हुँदा कुल २ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा सहभागी सबै १३ उपसमूहका परिसूचक ओरालो लागेका छन्। सबैभन्दा धेरै फाइनान्स समूह १.१३ प्रतिशत र होटल तथा पर्यटन समूह १.१४ प्रतिशतले घटेका छन्। आज २९ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

लगातार बजारमा बिक्री दबाब देखिएसँगै कारोबार रकमसमेत सीमित बनेको छ।

Top Changing Nepal

युट्युब सट्स