सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहअन्तर्गतको १५ हजार २७ कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त सेयर आजदेखि बिक्री प्रक्रिया अघि बढाएको जनाएको हो। बैंकका अनुसार हालका लागि उक्त सेयर खरिदमा विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र प्राथमिकता दिइएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ।
इच्छुक संस्थापक सेयरधनीहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा प्रस्तावित मूल्य उल्लेख गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउनुपर्ने बैंकले जनाएको छ। बैंकका अनुसार तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै आवेदन नपरेमा प्रचलित व्यवस्था अनुसार उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइनेछ। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर हस्तान्तरण प्रक्रिया नियामकीय व्यवस्था अनुरूप सञ्चालन गरिएको जनाएको छ।
सम्बन्धित समाचार
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
नेपाल–जापान फेस्टिभल २०२६ मा यामाहा एक्स एस आर १५५ को नयाँ ग्रिन भेरियन्ट सार्वजनिक
निरन्तर घटेको सुनको भाउ आजभने तोलामा ४ हजार ८ सय रुपैयाँले वृद्धि
तीन दिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजार १४९ दर्शकले गरे अवलोकन
आज अधिकांश क्षेत्रमा मौसम सफा, हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
