• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ असार २०८३, बुधबार
१७ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • ६ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • ७ घण्टा 

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
  • ७ घण्टा 

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २४ घण्टा 

सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल
  • १ दिन 

इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी
  • १ दिन 

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • १ दिन 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • १ दिन 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • २. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ३. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ४. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ५. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ६. सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ७. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

  • ८. ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

  • ९. नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

  • १०. एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

जानकारी केन्द्र २०८३, असार, १८

काठमाडौं । सर्वोच्च अदालतले मौलापुरमा विजुली, पानीको भुक्तानी तत्काल दिनको लागि अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो।

संजिता कुमारीसमेतले दायर गरेको सरकारविरुद्धको परमादेश प्रतिषेधसमेतको रिटमा आज सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो। मौलापुर नगरपालिकामा विगत ८ वर्षदेखि निरन्तर रुपमा सिचाईं र घरायसी मिटर समेतको महशुल नगरपालिकाले बुझाउँदै आएकोमा पछिल्लो सरकारले उक्त सुविधा अपर्झट कटौती गरेकोमा सोको विरुद्धमा अदालतमा रिट परेको थियो। सो रिटमा आज सुनुवाई गर्दै न्यायाधीश फुयालले रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेका हुन्।

निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रामनारायण बिडारी, प्रा.डा. विजय प्रसाद मिश्र, उद्धव प्रसाद चौलागाई र डा. दिनमणि पोखरेल तथा अधिवक्ताहरु नागेन्द्र यादव र वीरेन्द्रप्रसाद साहले बहस गरेका थिए।

आदेशमा भनिएको छ, ‘यसमा के भएको हो ? निवेदकको निवेदन माग अनुसारको आदेश किन जारी हुनु नपर्ने ? निवेदकको निवेदन माग अनुसारको आदेश जारी हुनु नपर्ने भए आधार, कारण एवं प्रमाणसहितको म्याद, सूचना तामेल भएको मितिले बाटोको म्यादबाहेक १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ प्रस्तुत गर्नुहोला भनी विपक्षी न। १, २, र ४ को नाममा र आफैं वा कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई उपस्थि हुनु होला भनि विपक्षी न। ५, ६, ७, ८, ९ र १० को नाममा आदेश र निवदेनको प्रतिलिपि साथै राखी म्याद, सूचना जारी गरी लिखित जवाफ परेपछि वा सोको अवधि व्यतित भएपछि नियमानुसार पेश गर्नुहोला।’

आदेशमा थप भनिएको छ, ‘निवेदकहरुले अन्तरिम आदेश माग गरेको सम्बन्धमा हेर्दा, २०८२/०३/२० को मौलापुर नगरपालिका रौतहट जिल्लाको दशौं नगरसभाबाट सर्वसम्मत् निर्णय गरी सिचाईं र विजुलीको विलको सुविधा स्थानीय समूदायलाई उपलब्ध गराएकोमा संघीय अर्थ मन्त्रालयको मिति २०८२/६/७ को प्रेस विज्ञप्ति र सो को आधार मन्त्रिपरिषद्को मिति २०८२/६/५ को निर्णयबमोजिम उक्त नगरपालिकाका प्रशासकीय प्रमुखले मौखिक रुपमा त्यस्तो सुविधा रोकेको भन्ने दाबी देखिँदा संघीय सरकारले दिएको निर्देशनबाट स्थानीय तहको निर्णय निस्तेज हुने हो होइन भन्ने सम्बन्धमा प्रस्तुत निवेदनको अन्तिम निर्णय हुँदा विचार गरिने नै हुँदा हाललाई निवेदकहरुको मागबमोजिम त्यस्तो सुविधामा लाग्ने शुल्कको लगत अभिलेख राखी हाललाई उक्त सुविधा निरन्तरता गर्नु गराउनु भनी विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ। नियमानूसार गर्नु।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?
सिभिल सर्भिस अस्पतालमा कृत्रिम भू–जल पुनर्भरण सुरु, काठमाडौंको जल सुरक्षा सुदृढ बनाउन संयुक्त पहल

ताजा

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

२०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.