Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

हाल देशभर मनसुनी वायूको प्रभाव : चार प्रदेशमा भारी बर्षा हुन सक्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, असार, २१
हाल देशभर मनसुनी वायूको प्रभाव : चार प्रदेशमा भारी बर्षा हुन सक्ने

काठमाडौं । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय क्षेत्र सरदर आसपासमा अवस्थित छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ, बाँकी प्रदेशमा आंशिक बादल लागेको छ । सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा भईरहेको छ।‌

दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ, तराई भू-भागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे छ ।  सुदुरपश्चिम प्रदेशका तराई तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराइ भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै, तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।  मधेश प्रदेशका पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षा साथै लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागको थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

राति भने कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारण बादल लाग्ने, बाँकी  प्रदेशमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा स्थानमा, कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेशको पहाडी र तराई भू-भागको एक दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको थोरै  स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाले आग्रह गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स