Jankari Kendra
२७ आश्विन २०८३, मंगलवार

नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, आश्विन, २७
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार

काठमाडौं । नेपालको अग्रणी डिजिटल वित्तीय सेवा प्रदायक आइएमई खल्ती लिमिटेडले फिनटेक एलायन्स नेपाल द्वारा आयोजित तीनदिने नेपाल फिनटेक एक्सपो २०२६ मा सहभागिता जनाउँदै आफ्ना विभिन्न डिजिटल वित्तीय सेवा, नयाँ उत्पादन तथा प्रविधिमा आधारित सुविधाहरू प्रदर्शन गरेको जनाइएको छ। एक्स्पोको अवसरमा कम्पनीले प्रयोगकर्ताको बदलिँदो आवश्यकता र डिजिटल जीवनशैलीलाई लक्षित गर्दै विभिन्न नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै आफ्ना विद्यमान सेवा तथा सुविधाहरूबारे जानकारी प्रदान गरेको बताइएको छ। एक्स्पो अवधिभर खल्तीको स्टलमा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको खल्तीको दाबी छ।

डिजिटल वित्तीय सेवा तथा प्रविधिको क्षेत्रमा नवीनतम समाधानहरू प्रस्तुत गर्ने साझा मञ्चका रूपमा आयोजित एक्स्पोमा खल्तीसहित विभिन्न फिनटेक कम्पनीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रदर्शन गरेका जनाइएको छ। गत वर्षको एक्स्पोमा जस्तै यस वर्ष पनि खल्तीले आफ्ना नवीनतम उत्पादन सार्वजनिक गर्ने, प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने तथा डिजिटल वित्तीय सेवाको पहुँच विस्तार गर्ने अवसरका रूपमा एक्स्पोलाई उपयोग गरेको आयोजकले बताएको छ।

एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई-सिम तथा पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको जनाइएको छ। यी सेवामार्फत कम्पनीले डिजिटल भुक्तानी, डिजिटल कनेक्टिभिटी तथा व्यक्तिगत वित्त व्यवस्थापनलाई थप सहज र प्रयोगकर्तामैत्री बनाउने लक्ष्य लिएको छ। त्यसैगरी, एक्स्पोको तेस्रो दिन खल्ती प्रो, स्ट्राइप तथा खल्ती स्टक हब सार्वजनिक गर्दै कम्पनीले आफ्नो सेवा इकोसिस्टमलाई थप विस्तार गरेको बताइएको छ।

आयोजकका अनुसार,नयाँ उत्पादनहरूको सार्वजनिक घोषणासँगै खल्तीको स्टलमा उल्लेखनीय ग्राहक सहभागिता देखिएको थियो भने तीन दिनको अवधिमा सयौँ प्रयोगकर्ताले स्टल भ्रमण गरी खल्तीका विभिन्न उत्पादन तथा सेवाबारे जानकारी लिएका थिए। कम्पनीका प्रतिनिधिहरूले प्रयोगकर्तालाई सेवाहरूको विशेषता, प्रयोग गर्ने तरिका तथा उपलब्ध सुविधाहरूबारे जानकारी प्रदान गरेका जनाइएको छ।

प्रयोगकर्ताको सहभागितालाई थप आकर्षक बनाउन खल्तीले एक्स्पो अवधिभर विभिन्न सेवामा क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरहरू समेत उपलब्ध गराएको बताइएको छ। स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, इन्स्योरेन्स, फ्लाइट्स, मोबाइल टपअप, डेटा प्याक, टिभी तथा आईएसपी लगायतका सेवामा उपलब्ध अफरहरूले प्रयोगकर्तालाई खल्तीको विविध सेवा अनुभव गर्ने अवसर प्रदान गरेका जनाइएको छ।

एक्स्पोमा सहभागी प्रयोगकर्ताहरूले विशेषगरी खल्ती कार्ड्स, स्ट्राइप तथा पर्सनल फाइनान्स च्यालेन्ज प्रति उत्साह देखाउनुका साथै डिजिटल भुक्तानीलाई सहज बनाउने,व्यक्तिगत वित्त व्यवस्थापनमा सकारात्मक बानी विकास गर्न प्रोत्साहित गर्ने तथा प्रविधिमा आधारित नयाँ सेवाहरू उपलब्ध गराउने खल्तीको प्रयासप्रति प्रयोगकर्ताले चासो देखाएका थिए।

एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्ता कार्यक्रमले नवीनतम सेवाहरू सार्वजनिक गर्नुका साथै प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने अवसर प्रदान गर्ने बताए। उनले यस वर्ष खल्तीले भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवाहरू सार्वजनिक गरेको जानकारी दिनुका साथै नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले अझ सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्ने कम्पनीको प्रयासलाई थप प्रेरणा दिएको उनले बताए।

आइएमई खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका अन्य आवश्यकतासँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने दिशामा आफ्नो सेवा विस्तार गर्दै आएको दाबी गरेको छ। नेपाल फिनटेक एक्स्पो २०२६ मा गरिएको सहभागिता तथा नयाँ उत्पादनहरूको सार्वजनिक घोषणाले ‘इन्फिनिट पोसिबिलिटी’ को अवधारणाअन्तर्गत प्रयोगकर्तालाई एकीकृत डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा प्रदान गर्ने कम्पनीको यात्रालाई थप अगाडि बढाएको जनाइएको छ।

Top Changing Nepal

युट्युब सट्स