उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
काठमाडौं । उपायले पछिल्लो एक वर्षमा आफ्नो व्यवसाय उल्लेखनीय रूपमा विस्तार गर्दै कारोबारमा ५४ प्रतिशत वृद्धि हासिल गरेको जनाएको छ। सन् २०२० मा स्थापना भएको कम्पनीले हाल देशभर ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्रमार्फत ७७ वटै जिल्लाका ५,००० भन्दा बढी वितरण स्थलमा सेवा पुर्याइरहेको जनाइएको छ। दैनिक पार्सल वितरण क्षमता पनि करिब १,००० बाट बढेर औसत १५,००० पुगेको कम्पनीको दाबी छ। त्यस्तै, कर्मचारी संख्या ३८० बाट बढेर १,५०० नाघेको छ भने प्रत्यक्ष र अप्रत्यक्ष गरी ५,००० भन्दा बढी रोजगारी सिर्जना भएको कम्पनीले जनाएको छ।
कम्पनीले काभ्रेको साँगामा करिब १८ रोपनी क्षेत्रफलमा नेपालकै पहिलो आधुनिक थ्रीपिएल (थर्ड पार्टि लजिस्टिक) वेयरहाउस निर्माणलाई तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ। करिब ४५,००० वर्गफुटमा निर्माणाधीन यो परियोजनाले स्टोरेज, इन्भेन्टरी व्यवस्थापन, फुलफिलमेन्ट तथा देशव्यापी वितरणजस्ता एकीकृत सेवा उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ। यसअघि नै कम्पनीले काठमाडौंको पेप्सीकोलास्थित १८,००० वर्गफुटको थ्रीपिएल वेयरहाउस सञ्चालनमा ल्याइसकेको जनाएको छ।
उपायका अनुसार, कम्पनीले ई–कमर्स, साना तथा मझौला व्यवसाय, उत्पादन उद्योग र रिटेल क्षेत्रलाई लक्षित गर्दै डिजिटल तथा प्रविधिमा आधारित लजिस्टिक्स सेवा विस्तार गरिरहेको छ। आगामी वर्षहरूमा थप थ्रीपिएल वेयरहाउस, फुलफिलमेन्ट सेवा, देशव्यापी नेटवर्क विस्तार तथा एआई-आधारित लजिस्टिक्स पूर्वाधारमा लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ। कम्पनीका अधिकारीहरूले पूर्वाधार, प्रविधि र जनशक्तिमा निरन्तर लगानीमार्फत नेपालको लजिस्टिक्स क्षेत्रलाई थप आधुनिक र प्रतिस्पर्धी बनाउने लक्ष्य रहेको बताएका छन्।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

